सुन्दर र शान्त नेपाल
वास्तवमै प्राकृतिक रुपमा,
सुन्दरतामा धनी छ
तर खै किन हो किन
गरीब रास्ट्रको सूचीमा
तेस्रो पङ्तिमा पर्छ।
मन पराएर हो या
दया पलाएर हो
बिदेशीहरुको नजरमा
पहिलो नम्बरमा छ नेपाल
मैले बुझे अनुसार
यहाँका नेता धनी छन्
बेला बेलामा देश लुटेका छन्
जनता आर्थिक रुपमा
कमजोर भए तापनि
मनको एकदमै धनी
हात-पाखुरा खियाएकै छन्
धेर-थोर कमाएकै छन्
भोट माग्दा दिएकै छन्
माग्दा दिने कसरी गरीब?
खै,नेपाल लाई देखेर या
नेपाली लाई देखेर हो कि
बिदेशीको नजर परेकै छ,
र त बेला बेलामा बिदेशीले
उपहारस्वरूप कहिले के
अनि कहिले के दिएका छन्
कहिले त हेलिकप्टर पनि,
कति खुशी थियो सरकार
कति खुसी थिए जनता
भुइँमा खुट्टा नै थिएन।
तर के कुरामा मित्र लाई
चित्त बुझेन या चित्त दुख्यो
उपहारको मूल्य पो मागेको
उपहार देको हो कि बेचेको
हामी सोझाले कसरी बुझ्ने?
पासोमा बोका राखेर
ध्रुत शिकारीले
बाघको सिकार गरेको
हामीले कसरी बुझ्ने?
भुकम्पले पीडित हुँदा
राहत दिए कति बिदेशीले
बिना कुनै स्वार्थ
बिना कुनै शर्त
तर कुनै छिमेकी यस्तो आयो
जसले उद्दारको नाममा
हेलिकप्टर चढेर
मनोरम दृश्य अवलोकन गरे
ती दृश्यहरुको तस्वीर खिचे
भत्किएका घरहरु कैद गरे
आलो घाउमा नुनचुक छरे
सकेसम्म आफ्ना नागरिकको
खोजी खोजी उद्धार गरे
तर भोका,प्यासा र घाइते
पीडित नेपाली तड्पी नै रहे
भोक मेट्न एक पाकेट चाउचाउ,
आलो घाउमा मलम नपाएर
जिउदो लास भई बाचिरहे
छिमेकीले ठुल्ठुलो स्वरमा
ढोल बजायो-उद्धारको।
यथार्थ बुझ्दा खेरी
उनको गिद्धे नजर पीडितमा हैन
हिमाल र बन जंगलमा थियो
प्राकृतिक सम्पदामा थियो
मन परेको छ उसलाई
यहाँ भएका बहुमूल्य जडीबुटी,
हावापानी र खनिज पद्धार्थ
त्यसैले त बेला बेलामा उसले
उपहारको नाममा के-के दिईरहन्छ
अनि उसले सकेको लिईरहन्छ।
झ्याप्पै सगरमाथा देला कि भनेर
ठूलो आश लिइ पासो थापे
तर बदलामा शून्य हात लाग्दा
उपहार फिर्ता माग्नु परेन?
उपहारको मूल्य माग्नु परेन?
खै,त्यो मित्र किन खुशी भयो
फेरि हिजो भर्खरै मात्र
उपहारको ऐलान गरेको छ
१७ वटा खटरा दमकल!
Wednesday, 24 August 2016
उपहार
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment