Thursday, 11 August 2016

सम्बोधन

तिमी लाई यसरी सम्बोधन गर्नुछ
अति उपयुक्त शब्द चयन गर्नुछ।

एकान्तमा एक्लै बसी सार निस्कन्न
आउ साथी संगै मिली गन्थन गर्नुछ।

माया टुटे पछि जीवन सुहा भैजान्छ
जोड्नु भन्दा पहिले नै मनन गर्नुछ।

एकै स्पर्शले पनि फुल झर्न सक्छ
सुस्त सुस्त,सम्हालिदै चुम्बन गर्नुछ।

दुनियाँ जल्छ भने हाम्ले माया गर्दा
जलिरहोस् यो दुनियाँ झन्झन् गर्नुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...