धेरै जन जम्मा पारी ठूलो ढोल बजाएर
जनताको मन जिते झुटो आश देखाएर।
जनताको आशा थियो होला भनेर बिकास
नेताबाट घात हुँदा रहेन केही विश्वास।
धेरै बेर भयो कुनै पार्टी पनि आको छैन
चिल्लो कुरा गर्ने कोही गाउँ तिर धाको छैन।
खानेपानी,पुलको त्यो योजना कहाँ बिलायो
सोझा सीधा जन लाई बहुत रिस उठायो।
शोषक,सामन्ती बाट कहिले हामी ठगियौ
कहिले मीठो भासण बाट मज्जाले पग्लियौ।
उठ कोही गाउँले हो,आउने त्यो चुनावमा
चेतनशील भएर जाग्नु पर्छ समाजमा।
देशभक्ति युवा लाई चुनावमा जिताएर
धोकेबाज नेता लाई खेदौ डाडा कटाएर।
जुवा,तास खेल्न छोडी जाऔ बाटो बनाउन
हामी आफैं जुट्नुपर्छ देश लाई उठाउन।
जाड,रक्सी खाने पैसा बिकासमा खर्च गरौं
सत्कर्म तिर लागेर गतिलो सन्देश छरौ।
No comments:
Post a Comment