तिम्रो माया कति लाग्छ ,जोखेर देखाउछु
हराएको आफ्नै मुटु खोजेर देखाउछु।
तिम्रो माया ठोस भयो,मेरो माया तरल
ठोस लाई तरल भित्र घोलेर देखाउछु।
बन्द राख्छौ ताल्चा मारी मनको चारै ढोका
ताला फोडी तिम्रो मुटु चोरेर देखाउछु।
अर्कैको लागि भए नि त्यो मुटुको माया
जबर्जस्ती मेरो माया कोचेर देखाउछु।
दुनियाँको सामू आज एउटा कसम खान्छु
सिन्दूरले तिम्रो सिउदो पोतेर देखाउछु।
लाखौं कोसिस गर्न सक्छु तिम्रो साथ पाउन
केही नलागेमा संसार छोडेर देखाउछु।
No comments:
Post a Comment