Monday, 8 August 2016

पुग्दैन

श्रीमतिको अप्ठ्यारोमा पति पुग्दैन
पति मर्ने बेलामा श्रीमति पुग्दैन।

कहाँ छन् स्वास्थ्य चौकी अनि कर्मचारी
अकालमा मर्छन् मान्छे ओखति पुग्दैन।

हिडिरहेछ सरकार कछुवाको चालमा
कुना काप्चामा बिकासको गति पुग्दैन।

मरेतुल्य जिन्दगी जिउछन् ती बिधुवा
फरक यति छ, चितामा सति पुग्दैन।

सोझो र गरीब हुनु अभिसाप रहेछ
झुपडीमा माया र पिरती पुग्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...