मेरो पुरानो साथी बल बहादुर थापा मगरकी बुहारी जोया २ छोराहरु सहित फिलिपिन्स गैसकेकी थिईन्।विभिन्न संचार माध्यम र सामाजिक सन्जाल जोयामय भयो।कसैको बिरोध र कसैको समर्थन थियो नेपाल सरकार र उद्दार गर्ने संस्था प्रति।मलाई भने अझै मेरो पुरानो साथी बलबहादुर र उसको छोरा जीवन थापा मगर प्रतिको रिस मरिसकेको थिएन।त्यही रिस पोख्न काठमाडौ बाट बस चढेर चितवन पुगेर सोधपुछ गर्दै म उसको घरमा पुगे।रात परिसकेको थियो।मैले ढोला ढक्ढकाए।सुकेर पात जस्तै भएकी एक अर्धबैसे आइमाईले ढोका खोली।
"जीवनको घर यही हो भाउज्यु?"-साथीको श्रीमतीको नाताले सम्बोधन गर्दै सोधेँ।
"हो हो,किन होला बाबू?भित्रै आउनु न।"
घरको संघारमा पाइला के टेकेको थिए,-घर भित्रको भित्तामा फुलमालाले बेरिएको फोटोको फ्रेममा आँखा गएछ।फोटो थियो-उहीँ बिदेशमा पहिले संगै काम गरेको पुरानो मित्र-बलबहादुर!
Tuesday, 23 August 2016
जोया २
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment