Thursday, 31 August 2017

सुन्दरी प्रतियोगिता

ग्राहक पसलमा गएर
इच्छ्याएको सामान
खरिद गर्नु पूर्व
सामानलाई
अवलोकन गर्छ
नियाल्छ
अध्ययन गर्छ
ओल्टाउँछ
पल्टाउँछ
घरी तल हेर्छ
घरी माथि हेर्छ
हातले सुम्सुम्याउँछ
मानौं उसले कहिल्यै देखेको छैन
पहिलोपटक देख्दैछ
आकार हेर्छ
प्रकार हेर्छ
बनेको देश हेर्छ
रंग हेर्छ
रुप हेर्छ
अन्तमा लगाएर हेर्छ
अनुकुल लाग्यो भने
आकार मिल्यो भने
मन पर्यो भने
त्यही सामान किन्छ
नत्र अर्को निकाल भन्छ
फेरि उस्तै पाराले जाँच्छ
धेरै वटा सामान हेरेपछि
बल्ल एउटा छान्छ
जसरी प्रतियोगिता बाट
सुन्दरी छानिन्छ।

Wednesday, 30 August 2017

यादको भूमरी

यादको भूमरिमा फसिसकेछु
स्वप्नको छाँगाबाट खसिसकेछु
दुखाइ बिछोडको सोध मलाई
मैले त सबै ब्यथा भोगिसकेछु।

शितल पवन यो जब बहन्छ
मुटुमा घाउ फेरि बल्झिरहन्छ
भत्भती पोल्छ मन आगोले जस्तो
जिन्दगी पाएकोछु यो मैले कस्तो।

गरेछु गल्ती मैले माया लाएर
रहनु पर्यो आज धोका पाएर
सर्वस्व लुटी गयो,भएँ म खाली
मायामा फस्नुभन्दा हुनु सन्यासी।


१० मुक्तकहरु

मुक्तक-१
जोगिएर हिंड्ने या दलदलमा फस्ने,तिम्रै मर्जी
उचाइमा उक्लिने या तलतिरै खस्ने,तिम्रै मर्जी
भीरमा जाने गोरुलाई राम-राम भन्न सकिन्छ
स्वतन्त्रमा बाँच्ने या पिंजडामा बस्ने,तिम्रै मर्जी

मुक्तक-२
ठाउँमा मान्छे चिन्नुपर्ने कस्तो चलन हो
लाखौंमा कुरा छिन्नुपर्ने कस्तो चलन हो
प्रतिभावान ब्यक्तिपनि साहित्यकार हुन
आफ्नै सिर्जना किन्नुपर्ने कस्तो चलन हो?

मुक्तक-३
जब खेतका गरामा~ लटरम्म धान झुल्छ
जब रुखका पातमा सिर्र-सिर्र हावा डुल्छ
निष्क्रिय इन्द्रिय हरु अचानक स्वत:खुली
भावनाको बगैंचामा सिर्जनाको फूल फुल्छ।

मुक्तक-४
फूल जस्तो कोमल हैन पत्थर बन्न सक्छु
वाल्मीकि नभई डाकु रत्नाकर बन्न सक्छु
क्लियोपेट्रा बन्ने कोसिस नगर है प्रियसी
मायाको साम्राज्यमा हिटलर बन्न सक्छु।

मुक्तक-५
रोकी मुटुको धड्कन बस्न पनि सक्छु
तड्पाएर आफ्नो तन बस्न पनि सक्छु
स्वीकार गरिनौ भने मेरो प्रेम--प्रस्ताव
महिनौंसम्म अनसन बस्न पनि सक्छु।

मुक्तक-६
मधेसी बाहिर छन्,पहाडी बाहिर छन्
धेरै युवाहरु नेपाल छाडी बाहिर छन्
चेसका गोटीहरु मात्र छन् नेपाल भित्र
चेस खेल्ने महान खेलाडी बाहिर छन्।

मुक्तक-७
शान्त कसैको मनको दहलाई चलाएर
सन्तुष्ट हुन्छन् कोही अरु लाई गलाएर
अचम्मका हुन्छन् यी कलियुगका मान्छे
आगो ताप्छन् यहाँ आफ्नै घर जलाएर।

मुक्तक-८
गन्हाए पनि ठस-ठस,चाहिन्छ-चाहिन्छ
हुने गरी अटस-मटस,चाहिन्छ-चाहिन्छ
काम बन्न,कुरा मिल्न,व्यबहार चल्न नि
जसरी पनि सोमरस,चाहिन्छ-चाहिन्छ।

मुक्तक-९
नयनको तालमा डुंगा तार्न चाहन्छु
दिलको संसार अलग पार्न चाहन्छु
खेतीयोग्य जमिनमा कंक्रीट ठडिए
आफ्नै छातीमा धान उमार्न चाहन्छु।

मुक्तक-१०
कोही दुश्मन भएर पनि मित्र जस्तै हुन्छन्
कोही बाहिर भएर पनि भित्र जस्तै हुन्छन्
जति बोलाउँदा पनि बोल्दै बोल्दैनन् कोही
क्यानभासमा कोरिएको चित्र जस्तै हुन्छन्

६ कविताहरु/१० मुक्तकहरु

(१)कविता:खेलाडी

इतिहास केलाउँदा
कुनै बेला हामी नेपाली
बहादुर थियौं
साहसी वीर थियौं
उतिबेला हामी असली खेलाडी थियौं
दुष्मनसंग लडेर
जितेका थियौं-सिक्किम,दार्जिलिङ
कब्जा गरेका थियौं पन्जाब,गढवाल
तर अब हामी खेलाडी रहेनौं।

अहिले केन्द्रीय भूमिकामा
राजनैतिक खेलाडी मात्र छन्
कहिले तास खेल्छन्
कहिले चेस खेल्छन्
कहिले जुवा खेल्छन्।

तासको कल्ब्रेकमा
जनतालाई पत्ता बनाएर
प्रतिद्वन्दीको अनुकुलमा खेल्छन्
लम्पसार भएर खेल्छन्
सानोबाट खेल्नुपर्ने बेला ठूलो फाल्छन्
ठूलोबाट खेल्नुपर्ने बेला सानो फाल्छन्
तुरुप हान्नेबेला
हुकुमको एक्का हानेर
शक्तिको दुरुपयोग गर्छन्
तुरुप नभए
चिँडीको खेलमा
पानको एक्का दुष्मनलाई बुझाउँछन्।

चेस खेल्दा जनतालाई
कसैलाई सैनिक
कसैलाई घोडा
कसैलाई हात्ती
कसैलाई ऊँठ
कसैलाई रानी र
कसैलाई राजा बनाएर
उल्टो चाल चालेर
क्रमशः शक्तिका खम्बाहरु बुझाउँछन्
हारेर प्रतिद्वन्दीलाई आल्हादित बनाउँछन्।

जुवाको खेलमा
देशको ढुकुटी लिएर
बेपर्वाह खेल्छन्
भएभरको नगद सकाएर
कहिले कोशी
कहिले कर्णाली
कहिले महाकाली त
कहिले गण्डकी
दाउमा राख्छन्
जितेर हैन हारेर रमाउँछन्
सर्वस्व गुमाइसके पनि
यी खेलाडीहरु खुशीनै छन्
एउटा घतलाग्दो कुरा त
अहिले यिनीहरु सोच्दैछन्
"अझै देश त बाँकी नै छ!!!"
(२)कविता:घनठकुरी दाइ

विभिन्न औजार बनाउन
खलखल पसिना बगाउँदै
सुईया सुस्केरा हाल्दै
हातमा ठेला उठाएर
आरानमा तताइएका धातुलाई
ड्याङका ड्याङ घन ठोक्ने
ए घनठकुरी दाइ!
तिम्रो त्यो घन
कुरीति र कुसंस्कारमाथि ठोकेर
सुसंस्कृत समाज बनाउन सकिन्न?

टुक्रिएका सद्भाव
टुक्रिएका माया
अलग्गिएको मन
खल्बलिएको भातृत्वलाई
एकै ठाउँमा जम्मा गरेर
ठोकठाक पारेर
एकै डल्लो बनाउन सकिन्न?

च्यातिएको देश
फाटिएको राष्ट्रियता र
प्वाल परेको स्वप्न लाई
पत्थर पगालेर
एकताको रसायनले
टालटुल गर्न मिल्दैन?

विदेशी संस्कृतिलाई रोक्न
विदेशी दबाबलाई छेक्न
सिमानामा स्तम्भ खडा गर्न
काँडेतार बार्न
उठाउन सकिन्न ती हात?
ठोक्न सकिन्न त्यो घन?
ए घनठकुरी दाइ!
अवश्य सकिन्छ
यदि सकिन्न भन्छौ भने
मिल्काइदेउ तिम्रो घन
दही जमाएर राख हातमा
यदि सकिन्छ भन्छौ भने
हात र हात जोडेर
आउ मिलेर घन ठोकौं
र मिलेर देश निर्माण गरौं।

(३)कविता:बिडम्बना

भुइँ बाट नियाल्दा
टोपी नै खस्ने
उत्तानै पर्ने
विश्वकै अग्लो टावर बुर्ज खलिफामा
चढेर तल हेर्न चाहन्न म
किन कि माथिबाट हेर्दा
भुइँमान्छे सानो देखिन्छ
उसो त म पनि कहाँ आकाशको हुनु
मेरो औकातले नै कहाँ भ्याउनु
म त भुइँमान्छे
बरु भुइँबाटै संसार हेर्छु।

गिट्टी,सिमेन्ट,बालुवा र रडबाट निर्मित
पक्की घरमा निंदाउने
चाहना छैन मेरो
झुपडीमा सन्तुष्टिको सास फेरेर
चैनले निँदाउन चाहन्छु
किनभने
खरको छानोमा
बर्षाको पानीले स्पर्श गर्दाको
मीठो धुन खुब मनपर्छ मलाई
लाखौंको पलाङमा सुत्नुभन्दा
भुइँमा गुन्द्री डस्ना बिछ्याएर
मीठो सपना देख्न खुब मनपर्छ।

बिदेशी ब्रान्डेट खानाहरु
मेकडोनाल्ड,के एफ सी,पिज्जा र बर्गर
खोज्दैन मेरो जिब्रोले
पौरख र पसिनाले फलाएको
दालभात,तरकारी र गुन्द्रुक-ढिंडोनै
मेरो लागि काफी छ
किनभने मेरो गहिरो माया
नेपाली माटोसंग छ।

सुट्बुटमा ठाँटिएर
कानमा हेडसेट कोचेर
लेडी ,ब्रायन र जस्टिन का
अंग्रेजी गीतहरु सुन्नु छैन मलाई
दौरासुरुवाल लाएर
पाउमा हातीछाप चप्पल उनेर
रेडियो काँधमा झुन्ड्याएर
सैलुङको पाखामा
गाइभैंसी चराउँदै
"म हुँ नेपाली बाबु "
"चौबन्दीमा पटुकी "
यस्तै गीतमा रमाउँछु।

हो,कसैले रोक्न सक्दैन
नेपाली पोशाक लगाउन बाट
कसैले छेक्न सक्दैन
नेपाली खाना खान बाट
नेपाल प्रति बिछट्टै माया छ हाम्रो
माटोको माया छातीभरी छ
राष्ट्रियता रक्तबीजमा दौडिएको छ
तर बिडम्बना
कर्णालीका केही जनतालाई हेर्नुस्
छेक्ने रहेछ दालभात खानबाट
दुई छाक सिस्नु-ढिंडो खानबाट
खाने मुखलाई जुँगाले नछेकेपनि
छेक्ने रहेछ गरिबीले!
छेक्ने रहेछ अभावले!!

(४)कविता:सित्तैमा कविता

पूर्वको लाली किरणसंगै उदाएर
मकै-भटमास चपाउँदै
हातगोडा पट्पटी फुट्ने गरी
सुकिलामुकिलाको पेट भर्ने जिम्मा लिएर
निधारबाट मोतीको दाना खसाउँदै
खेतबारीमा कार्यरत
किसानको कविता
म उधारोमा लेख्छु।

के साँझ,के बिहान
के दिन,के रात
अहोरात्र खटेर
आफ्नो ज्यानको पर्वाह नगरी
हजारौं बिरामीको ज्यान बचाउने
डाक्टरको कविता
म उधारोमा लेख्छु।

बादल भन्दा पनि माथि-माथि
आकांक्षाको गगनमा
लाखौंको सपना बोकेर
कैयौं जोखिम मोल्दै
वायुयान उडाएर
सुरक्षित अवतरण गर्ने
पाइलटको कविता
म उधारोमा लेख्छु।

नौ महिना गर्भमा बोकी
आफ्नो रुपलाई कुरुप बनाई
आफ्नो स्वार्थलाई कुल्चेर
आधा पेट खाएर
अतुलनीय बोझ उठाउँदै
मृत्युसंग सम्झौता गरी
प्रसवको पीडा सहेर
नवजातलाई जन्म दिने
महान आमाको कविता
म उधारोमा लेख्छु।

सुसेली हालेर गाउने पवन
विशाल छाती भएको गगन
झर्झर झर्ने झरना
छङछङ गर्ने छहरा
कलकल बग्ने निश्चल खोला
प्रेमीले प्रेमिकालाई या
प्रेमिकाले प्रेमीलाई जस्तै
सागरलाई भेट्न जाने भर्जिन नदी
समग्रमा सिंगो प्रकृतिको कविता
म उधारोमा लेख्छु।

हो,म कविता लेख्छु
यथार्थताको महासागरमा डुबेर लेख्छु
निस्वार्थ लेख्छु
आर्थिक लाभ होस या नहोस
दुईमुठी सास हुञ्जेल
दुईथोपा रक्त हुञ्जेल
अनवरत रुपमा लेख्छु
वास्तवमा म सित्तैमा कविता लेख्छु।

(५)कविता:यथार्थ

भू-माफियाहरु
सगरमाथा सम्याएर
प्लटिङ गर्न थालेका छन्।

असनका घरधनीहरु
गरिबको भेष धारण गरेर
टुँडिखेलमा पाल टाँग्दैछन्
सुकुम्बासी बस्ती बसाउन।

सयौं रोपनीका मालिकहरु
चारकोशी झाडी फाँडेर
खेती गर्न उद्धत छन्।

लाहुरेका छोराहरु
कर्णेलका नातीहरु
मुखियाका आफन्तहरु
गरिबका सूचीमा परे।

असली गरिबका छोराहरु
पुर्ख्यौली जग्गा बेचेर
अरब जाने हतियार किन्दैछन्।

(६)कविता:कारागार

मुटुको चारै भित्ताहरु
काँडेतारले बार्ने थिएँ
सम्भव भएको भए
यादहरुको छाल छेक्न।

मरुभूमिको दूर...देशबाट
कुरियर गरेर पठाइदिने थिएँ
यदि मिल्ने भए
प्रियालाई मेरो माया।

अतृप्त तनलाई
तृप्त बनाउँने थिएँ
पलभरमै सामिप्य गई
चाहनाको वायुयान चढेर।

अपराध केही थिएन
गल्ती गरेकै थिइन
परिस्थितीले सजाय दियो
मालिकरुपी न्यायाधीशले देख्यो
एउटै मात्र दोष
त्यो हो-गरिबी।

र त कैद भएको छु
केही सालको करार सम्म
समयले निर्माण गरेको
बाध्यताको कारागारमा।

(७)मुक्तकहरु
मुक्तक-१
जोगिएर हिंड्ने या दलदलमा फस्ने,तिम्रै मर्जी
उचाइमा उक्लिने या तलतिरै खस्ने,तिम्रै मर्जी
भीरमा जाने गोरुलाई राम-राम भन्न सकिन्छ
स्वतन्त्रमा बाँच्ने या पिंजडामा बस्ने,तिम्रै मर्जी

मुक्तक-२
ठाउँमा मान्छे चिन्नुपर्ने कस्तो चलन हो
लाखौंमा कुरा छिन्नुपर्ने कस्तो चलन हो
प्रतिभावान ब्यक्तिपनि साहित्यकार हुन
आफ्नै सिर्जना किन्नुपर्ने कस्तो चलन हो?

मुक्तक-३
जब खेतका गरामा~ लटरम्म धान झुल्छ
जब रुखका पातमा सिर्र-सिर्र हावा डुल्छ
निष्क्रिय इन्द्रिय हरु अचानक स्वत:खुली
भावनाको बगैंचामा सिर्जनाको फूल फुल्छ।

मुक्तक-४
फूल जस्तो कोमल हैन पत्थर बन्न सक्छु
वाल्मीकि नभई डाकु रत्नाकर बन्न सक्छु
क्लियोपेट्रा बन्ने कोसिस नगर है प्रियसी
मायाको साम्राज्यमा हिटलर बन्न सक्छु।

मुक्तक-५
रोकी मुटुको धड्कन बस्न पनि सक्छु
तड्पाएर आफ्नो तन बस्न पनि सक्छु
स्वीकार गरिनौ भने मेरो प्रेम--प्रस्ताव
महिनौंसम्म अनसन बस्न पनि सक्छु।

मुक्तक-६
मधेसी बाहिर छन्,पहाडी बाहिर छन्
धेरै युवाहरु नेपाल छाडी बाहिर छन्
चेसका गोटीहरु मात्र छन् नेपाल भित्र
चेस खेल्ने महान खेलाडी बाहिर छन्।

मुक्तक-७
शान्त कसैको मनको दहलाई चलाएर
सन्तुष्ट हुन्छन् कोही अरु लाई गलाएर
अचम्मका हुन्छन् यी कलियुगका मान्छे
आगो ताप्छन् यहाँ आफ्नै घर जलाएर।

मुक्तक-८
गन्हाए पनि ठस-ठस,चाहिन्छ-चाहिन्छ
हुने गरी अटस-मटस,चाहिन्छ-चाहिन्छ
काम बन्न,कुरा मिल्न,व्यबहार चल्न नि
जसरी पनि सोमरस,चाहिन्छ-चाहिन्छ।

मुक्तक-९
नयनको तालमा डुंगा तार्न चाहन्छु
दिलको संसार अलग पार्न चाहन्छु
खेतीयोग्य जमिनमा कंक्रीट ठडिए
आफ्नै छातीमा धान उमार्न चाहन्छु।

मुक्तक-१०
कोही दुश्मन भएर पनि मित्र जस्तै हुन्छन्
कोही बाहिर भएर पनि भित्र जस्तै हुन्छन्
जति बोलाउँदा पनि बोल्दै बोल्दैनन् कोही
क्यानभासमा कोरिएको चित्र जस्तै हुन्छन्

खेलाडी

इतिहास केलाउँदा
कुनै बेला हामी नेपाली
बहादुर थियौं
साहसी वीर थियौं
उतिबेला हामी असली खेलाडी थियौं
दुष्मनसंग लडेर
जितेका थियौं-सिक्किम,दार्जिलिङ
कब्जा गरेका थियौं पन्जाब,गढवाल
तर अब हामी खेलाडी रहेनौं।

अहिले केन्द्रीय भूमिकामा
राजनैतिक खेलाडी मात्र छन्
कहिले तास खेल्छन्
कहिले चेस खेल्छन्
कहिले जुवा खेल्छन्।

तासको कल्ब्रेकमा
जनतालाई पत्ता बनाएर
प्रतिद्वन्दीको अनुकुलमा खेल्छन्
लम्पसार भएर खेल्छन्
सानोबाट खेल्नुपर्ने बेला ठूलो फाल्छन्
ठूलोबाट खेल्नुपर्ने बेला सानो फाल्छन्
तुरुप हान्नेबेला
हुकुमको एक्का हानेर
शक्तिको दुरुपयोग गर्छन्
तुरुप नभए
चिँडीको खेलमा
पानको एक्का दुष्मनलाई बुझाउँछन्।

चेस खेल्दा जनतालाई
कसैलाई सैनिक
कसैलाई घोडा
कसैलाई हात्ती
कसैलाई ऊँठ
कसैलाई रानी र
कसैलाई राजा बनाएर
उल्टो चाल चालेर
क्रमशः शक्तिका खम्बाहरु बुझाउँछन्
हारेर प्रतिद्वन्दीलाई आल्हादित बनाउँछन्।

जुवाको खेलमा
देशको ढुकुटी लिएर
बेपर्वाह खेल्छन्
भएभरको नगद सकाएर
कहिले कोशी
कहिले कर्णाली
कहिले महाकाली त
कहिले गण्डकी
दाउमा राख्छन्
जितेर हैन हारेर रमाउँछन्
सर्वस्व गुमाइसके पनि
यी खेलाडीहरु खुशीनै छन्
एउटा घतलाग्दो कुरा त
अहिले यिनीहरु सोच्दैछन्
"अझै देश त बाँकी नै छ!!!"

Tuesday, 29 August 2017

सित्तैमा कविता

पूर्वको लाली किरणसंगै उदाएर
मकै-भटमास चपाउँदै
हातगोडा पट्पटी फुट्ने गरी
सुकिलामुकिलाको पेट भर्ने जिम्मा लिएर
निधारबाट मोतीको दाना खसाउँदै
खेतबारीमा कार्यरत
किसानको कविता
म उधारोमा लेख्छु।

के साँझ,के बिहान
के दिन,के रात
अहोरात्र खटेर
आफ्नो ज्यानको पर्वाह नगरी
हजारौं बिरामीको ज्यान बचाउने
डाक्टरको कविता
म उधारोमा लेख्छु।

बादल भन्दा पनि माथि-माथि
आकांक्षाको गगनमा
लाखौंको सपना बोकेर
कैयौं जोखिम मोल्दै
वायुयान उडाएर
सुरक्षित अवतरण गर्ने
पाइलटको कविता
म उधारोमा लेख्छु।

नौ महिना गर्भमा बोकी
आफ्नो रुपलाई कुरुप बनाई
आफ्नो स्वार्थलाई कुल्चेर
आधा पेट खाएर
अतुलनीय बोझ उठाउँदै
मृत्युसंग सम्झौता गरी
प्रसवको पीडा सहेर
नवजातलाई जन्म दिने
महान आमाको कविता
म उधारोमा लेख्छु।

सुसेली हालेर गाउने पवन
विशाल छाती भएको गगन
झर्झर झर्ने झरना
छङछङ गर्ने छहरा
कलकल बग्ने निश्चल खोला
प्रेमीले प्रेमिकालाई या
प्रेमिकाले प्रेमीलाई जस्तै
सागरलाई भेट्न जाने भर्जिन नदी
समग्रमा सिंगो प्रकृतिको कविता
म उधारोमा लेख्छु।

हो,म कविता लेख्छु
यथार्थताको महासागरमा डुबेर लेख्छु
निस्वार्थ लेख्छु
आर्थिक लाभ होस या नहोस
दुईमुठी सास हुञ्जेल
दुईथोपा रक्त हुञ्जेल
अनवरत रुपमा लेख्छु
वास्तवमा म सित्तैमा कविता लेख्छु।

Monday, 28 August 2017

लाछीहरु

लाछीहरु बिष लिएर मर्छन्
धेरैजसो  आयु जिएर मर्छन्
धेरै बाठो भए याद गर्नुहोस्
बाँदर गेडा च्यापिएर मर्छन्।

कस्तो चलन

ठाउँमा मान्छे चिन्नुपर्ने कस्तो चलन हो
लाखौंमा कुरा छिन्नुपर्ने कस्तो चलन हो
प्रतिभावान ब्यक्तिपनि साहित्यकार हुन
आफ्नै सिर्जना किन्नुपर्ने कस्तो चलन हो?

बादलुको थुप्रो

बादलुको थुप्रो भित्र मायालुको छवि
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

पवनको स्पर्शमा भेट्छु उनीलाई
श्रावनको बर्षातमा देख्छु उनीलाई
प्रियसीको माया जस्तै उदाएको रवि
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

कोइलीको कुहुकुहु उन्कै स्वर जस्तो
भूगोलले दूर तर वर~पर जस्तो
पाउन पनि बेर छैन पागल पदवी
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

झ्याउरे गजल

लुटियो हाँसो,खोसियो खुशी,टाढा भो जिन्दगी
टुटायौ  दिलै,छाडेर  गयौ,आधा भो जिन्दगी।
-अमृत समीर

हरियो सबै ,खरानी हुँदा,मेरो यो दुनियाँ,
बिरही गीत,गाएर बस्ने,पाखा भो जिन्दगी।
-टसी शेर्पा

बल्झेर दुख्छ,पुरानो घाउ,साँझ र बिहान,
छातीमा सधैं,बिझाई दिने,काँडा भो जिन्दगी।।
-सोनाम शेर्पा

छोडेर गयौ, बनाई एक्लो,  गाउँछु विरह,
न कुनै राग, न कुनै सुर, भाका भो जिन्दगी।
-प्रकाश पाठक योगी

के छ र लेखुँ,  कहानी मेरो, दु:ख नै दु:ख छ,
आउँछ कोही, केरेर जाने,पाना भो जिन्दगी।
-समीर समीप

हुँदैन  पूरा,   अपूरो    सधैं,   रहर   मनको
हेरेर रम्छु, आकाश तिर,तारा भो जिन्दगी।
-माङ संग्राम

खुलेर  हाँस्न, सकिन मैले, चाहेर कहिल्यै,
आँशुको भेल, बगेर जाने,पाटा भो जिन्दगी।
-चोमु शेर्पा खुशी

मायालु भनी, सजाएँ तिम्रो,तस्बिर    मनमा,
पागल बनी,भौतारी हिंड्ने,चाला भो जिन्दगी।
-दिपेन सुब्बा

लुटियो मेरो, मनको  खुशी, के गरौं हजुर,
सबैले खेल्ने ,चौतारी जस्तै ,साझा भो जिन्दगी।
-वसन्त ऋतु

सहनु रै'छ, लागेको घाउ, हुँदा'नी आहात
सबैले चुट्ने,गोरेटो बिच,बाजा भो जिन्दगी।
-दयाराम

इन्द्रेणी जस्तै रंगीन बनुँ भनेर सोचेथें
हे दैव हरे अचेल मेरै सादा भो जिन्दगी।
-प्रीति प्रतिक्षा

छँदैछ क्यारे जिन्दगी भरी, सुख र सन्तोष,
जिएर हेरें, खुशीमा आज नाफा भो जिन्दगी।
-शारदा पौडेल

अजस्र चोट,  सहेर पनि, बाँच्नु नै रहेछ,
सुख र दु:ख, उत्तिकै रै'छ, थाहा भो जिन्दगी।
- सुनिल अधिकारी

Sunday, 27 August 2017

खेतका गरा

जब खेतका गरामा~ लटरम्म धान झुल्छ
जब रुखका पातमा सिर्र-सिर्र हावा डुल्छ
निष्क्रिय इन्द्रिय हरु अचानक स्वत:खुली
भावनाको बगैंचामा सिर्जनाको फूल फुल्छ।

घनठकुरी दाइ

विभिन्न औजार बनाउन
खलखल पसिना बगाउँदै
सुईया सुस्केरा हाल्दै
हातमा ठेला उठाएर
आरानमा तताइएका धातुलाई
ड्याङका ड्याङ घन ठोक्ने
ए घनठकुरी दाइ!
तिम्रो त्यो घन
कुरीति र कुसंस्कारमाथि ठोकेर
सुसंस्कृत समाज बनाउन सकिन्न?

टुक्रिएका सद्भाव
टुक्रिएका माया
अलग्गिएको मन
खल्बलिएको भातृत्वलाई
एकै ठाउँमा जम्मा गरेर
ठोकठाक पारेर
एकै डल्लो बनाउन सकिन्न?

च्यातिएको देश
फाटिएको राष्ट्रियता र
प्वाल परेको स्वप्न लाई
पत्थर पगालेर
एकताको रसायनले
टालटुल गर्न मिल्दैन?

विदेशी संस्कृतिलाई रोक्न
विदेशी दबाबलाई छेक्न
सिमानामा स्तम्भ खडा गर्न
काँडेतार बार्न
उठाउन सकिन्न ती हात?
ठोक्न सकिन्न त्यो घन?
ए घनठकुरी दाइ!
अवश्य सकिन्छ
यदि सकिन्न भन्छौ भने
मिल्काइदेउ तिम्रो घन
दही जमाएर राख हातमा
यदि सकिन्छ भन्छौ भने
हात र हात जोडेर
आउ मिलेर घन ठोकौं
र मिलेर देश निर्माण गरौं।

नयनको फेवाताल

नयनको फेवातालमा डुंगा चलाउँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

माछा भएर पौडिन्छु नयनी तालैमा
माझी दाइले पार्छ कि मलाई जालैमा
कैले वारि कैले पारी गरेर तरुँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

मायाको गहिराईमा पुगेर फर्किन्छु
जलकुम्भी जस्तो भई गहमा तैरिन्छु
सिरिरिरी हावासंगै बयली खेलुँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

बिडम्बना

भुइँ बाट नियाल्दा
टोपी नै खस्ने
उत्तानै पर्ने
विश्वकै अग्लो टावर बुर्ज खलिफामा
चढेर तल हेर्न चाहन्न म
किन कि माथिबाट हेर्दा
भुइँमान्छे सानो देखिन्छ
उसो त म पनि कहाँ आकाशको हुनु
मेरो औकातले नै कहाँ भ्याउनु
म त भुइँमान्छे
बरु भुइँबाटै संसार हेर्छु।

गिट्टी,सिमेन्ट,बालुवा र रडबाट निर्मित
पक्की घरमा निंदाउने
चाहना छैन मेरो
झुपडीमा सन्तुष्टिको सास फेरेर
चैनले निँदाउन चाहन्छु
किनभने
खरको छानोमा
बर्षाको पानीले स्पर्श गर्दाको
मीठो धुन खुब मनपर्छ मलाई
लाखौंको पलाङमा सुत्नुभन्दा
भुइँमा गुन्द्री डस्ना बिछ्याएर
मीठो सपना देख्न खुब मनपर्छ।

बिदेशी ब्रान्डेट खानाहरु
मेकडोनाल्ड,के एफ सी,पिज्जा र बर्गर
खोज्दैन मेरो जिब्रोले
पौरख र पसिनाले फलाएको
दालभात,तरकारी र गुन्द्रुक-ढिंडोनै
मेरो लागि काफी छ
किनभने मेरो गहिरो माया
नेपाली माटोसंग छ।

सुट्बुटमा ठाँटिएर
कानमा हेडसेट कोचेर
लेडी ,ब्रायन र जस्टिन का
अंग्रेजी गीतहरु सुन्नु छैन मलाई
दौरासुरुवाल लाएर
पाउमा हातीछाप चप्पल उनेर
रेडियो काँधमा झुन्ड्याएर
सैलुङको पाखामा
गाइभैंसी चराउँदै
"म हुँ नेपाली बाबु "
"चौबन्दीमा पटुकी "
यस्तै गीतमा रमाउँछु।

हो,कसैले रोक्न सक्दैन
नेपाली पोशाक लगाउन बाट
कसैले छेक्न सक्दैन
नेपाली खाना खान बाट
नेपाल प्रति बिछट्टै माया छ हाम्रो
माटोको माया छातीभरी छ
राष्ट्रियता रक्तबीजमा दौडिएको छ
तर बिडम्बना
कर्णालीका केही जनतालाई हेर्नुस्
छेक्ने रहेछ दालभात खानबाट
दुई छाक सिस्नु-ढिंडो खानबाट
खाने मुखलाई जुँगाले नछेकेपनि
छेक्ने रहेछ गरिबीले!
छेक्ने रहेछ अभावले!!

आमाको माया

आमा!
तिम्रो मायाको खेतलाई
यो समाजले
बिगाहा बाट रोपनी
रोपनी बाट आनामा
टुक्रा-टुक्रा पारेका छन्।

कतै वर्णको नाममा
कतै जातको नाममा
कतै धर्मको नाममा
कित्ताकाट गरेका छन्।

कतै भाषा
कतै संस्कृति
कतै भेषभूषाको
लक्ष्मणरेखा कोरिदिएका छन्।

कतै हिमाली
कतै पहाडी
कतै मधेसीको
भौगोलिक सिमारेखा तोकेका छन्।

हे नेपाल आमा!
किन तिम्रो मायालाई
समास गर्नुपर्नेमा
बिग्रह गरिएका हुन्?
के तिमीसंग तीनवटा मुटु छन् र?
नत्र भने एउटै मुटुलाई
किन तीन टुक्रा पारिएका?
दुख्दैन तिमीलाई?

Saturday, 26 August 2017

तिम्रो रुप दोषी होकि मेरो नजर दोषी
तिमीलाई देखेपछि मन मदहोसी।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...