मुटुको चारै भित्ताहरु
काँडेतारले बार्ने थिएँ
सम्भव भएको भए
यादहरुको छाल छेक्न।
मरुभूमिको दूर...देशबाट
कुरियर गरेर पठाइदिने थिएँ
यदि मिल्ने भए
प्रियालाई मेरो माया।
अतृप्त तनलाई
तृप्त बनाउँने थिएँ
पलभरमै सामिप्य गई
चाहनाको वायुयान चढेर।
अपराध केही थिएन
गल्ती गरेकै थिइन
परिस्थितीले सजाय दियो
मालिकरुपी न्यायाधीशले देख्यो
एउटै मात्र दोष
त्यो हो-गरिबी।
र त कैद भएको छु
केही सालको करार सम्म
समयले निर्माण गरेको
बाध्यताको कारागारमा।
No comments:
Post a Comment