Saturday, 26 August 2017

खोले पनि

खोले पनि कहाँ पाउँ,नपाए पछि
खीर पनि मिठो हुन्न अघाए पछि।

बलवान मान्छे पनि ठहरै भएँ
यादका ती तीरहरु पठाए पछि।

खैरियत हुँदै हुन्न,यति नै बुझ्नुस्
निंदाएको बाघ लाई जगाए पछि।

नग्न बनाउनु अघि सोच्नुपर्नेथ्यो
करेन्ट त लागिहाल्छ समाए पछि।

पत्थर मारेर ठूलो गल्ती गरेछौ
मार्छन् अरिङ्गललाई चलाए पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...