Sunday, 27 August 2017

नयनको फेवाताल

नयनको फेवातालमा डुंगा चलाउँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

माछा भएर पौडिन्छु नयनी तालैमा
माझी दाइले पार्छ कि मलाई जालैमा
कैले वारि कैले पारी गरेर तरुँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

मायाको गहिराईमा पुगेर फर्किन्छु
जलकुम्भी जस्तो भई गहमा तैरिन्छु
सिरिरिरी हावासंगै बयली खेलुँला
पिरतीको माछापुच्छ्रे आकृति हेरुँला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...