एक हुल स्यालहरु
राती-राती गाउँ छिरेर
घोक्रो फुट्ने गरी कराउँछन्
आतंक मचाउँछन्।
कुखुरा चोर्न पल्केका स्यालहरु
जंगलमा सिकार गर्न नसक्नेहरु
कुखुरा चोरेर भाग्दै
आफूलाई बहादुर सम्झन्छन्
आफूलाई बाघ सम्झन्छन्।
ए मनुष्य!
रात हाम्रो हो
यो गाउँ हाम्रो हो
हाम्रो साम्राज्य छोडेर भाग!
यस्तै भन्छन् नामर्द स्यालहरु
बिचरालाई के थाहा
मनुष्यको कञ्चट तातिएको दिन
तिनीहरुको हविगत के होला?
मुसाहरु बाँच्लान्
तर स्यालहरु बाँच्ने छैनन्
मनुष्यको औकात माथि
सवाल जो खडा गरेका छन्।
ठिक त्यसैगरी
केही गजलका ठेकेदारहरु
चिच्याउँदैछन् उस्तै पाराले
ठ्याक्कै स्यालहरु झैं।
No comments:
Post a Comment