उनको मेरो पिरतीको हिसाब मिल्या छैन
कुनै पनि अदालतमा निसाफ मिल्या छैन।
जोड गर्न खोज्दा मैले घटाउन खोज्छे उनी
दुनियाँको मुटु भित्र अटाउन खोज्छे उनी
उनीबाट सकारात्मक जवाफ मिल्या छैन
कुनै पनि अदालतमा निसाफ मिल्या छैन।
दु:खलाई गुणा गरी सुख लाई भाग लाएँ
बैगुनीलाई गुण गरी उल्टै मैले लात पाएँ
प्रेमलाई सफल पार्ने किताब मिल्या छैन
कुनै पनि अदालतमा निसाफ मिल्या छैन।
No comments:
Post a Comment