Sunday, 20 August 2017

पहाडमा कम्पन

पहाडमा कम्पन हुँदा तराईको मुटु हल्ल्यो
तराईमा बाढी पस्दा पहाडको अश्रु झर्यो
पग्लिएर खस्दा खेरी हिउँ सगरमाथाको
छल्किएर पीडा पोख्छन् पानी नदीनालाको

दुश्मनले सीमा मिच्दा शहिदको सालिक रोयो
गोली लागी ढल्दा जन वीरेन्द्रको आत्मा तड्प्यो
देवकोटाले लेख्छ काव्य नेपालको हालत देखि
विश्वेश्वरले दिन्छ भाषण,सुन्दैनन् कोही केही।

भानुभक्त उल्था गर्छ नेपालको महाभारत
सारा आत्मा जागिसक्यो,जागौं नेपाली अब त
अशान्तिले आक्रान्त भै जब समय सकिन्छ
फेरि पनि युग फेरी बुद्धले नै जन्म लिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...