Wednesday, 16 August 2017

घडेरी

असल प्रेमीहरु
प्रेमिकाका लागि
आफ्नो किड्नी बेचेर
आइफोन किन्छन्।

अचेलका मुनाहरु
मदनहरु ल्हासा गएपछि
अन्तै खुशी किन्छन्।

बाठा मान्छेहरु
आँखा बेचेर
चश्मा किन्छन्।

बा-आमाहरु
आफ्ना घरखेत बेचेर
छोराछोरीका भविष्य किन्छन्।

म पनि सोच्दैछु
आफैंलाई बेचेर
चन्द्रमामा घडेरी किनुँ!
अब हिसाब निकाल्नुस्
कतिवटा "म" बेच्नुपर्ला?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...