पहाडमा कम्पन हुँदा तराईको मुटु हल्ल्यो
तराईमा बाढी पस्दा पहाडको आँसु झर्यो
पग्लिएर खस्दा खेरी हिउँ सगरमाथाको
छल्किएर पीडा पोख्छ पानी नदीनालाको।
दुश्मनले सीमा मिच्दा शहिदको सालिक रोयो
गोली लागी ढल्दा जन वीरेन्द्रको आत्मा तड्प्यो
देवकोटाले लेख्छ काव्य नेपालको हालत देखि
विश्वेश्वरले दिन्छ भाषण,सुन्दैनन् कोही केही।
भानुभक्त उल्था गर्छ नेपालको महाभारत
सारा आत्मा जागिसक्यो,जागौं नेपाली अब त
अशान्तिले आक्रान्त भै जब समय सकिन्छ
फेरि पनि युग फेरी बुद्धले नै जन्म लिन्छ।
No comments:
Post a Comment