सम्झनाको सगरमाथा बन्छ छातीभित्र
छट्पटी हुन्छ मलाई जस्तो आँधीभित्र।
यादहरु चुलिदिन्छ बुर्ज खलिफा झैं
कल्पनाको यान बाट जाउँ जस्तो आजै।
कहाँ रोक्न सकिन्छ र मनको बहलाई
सुख्खा राख्न सकिएन मैले गह लाई
जति बिर्सुं भने पनि याद हुन्छ ताजै
कल्पनाको यान बाट जाउँ जस्तो आजै।
माया मार्न सकिएन उनले भुले पनि
ओइलिन्छ प्रेम फूल जति फुले पनि
उनैलाई सम्झिन्छु म बिहान र साँझै
कल्पनाको यान बाट जाउँ जस्तो आजै।
No comments:
Post a Comment