Friday, 4 August 2017

बर्षौं देखि

बर्षौं देखि खोजिएको मान्छे तिमी हौ
गाउँ बेशी चाहरिएको मान्छे तिमी हौ।

बल्लतल्ल आज मेरो खोजी पूरा भो
मनै देखि रुचाएको साँचो कुरा हो
मुटु भित्र कोरिएको मान्छे तिमी हौ
गाउँ बेशी चाहरिएको मान्छे तिमी हौ।

तिमी लाई पाएपछि धन्य भएँ म
अब भने पक्का सिधै स्वर्ग गएँ म
करोडौंमा रोजिएको मान्छे तिमी हौ
गाउँ बेशी चाहरिएको मान्छे तिमी हौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...