Monday, 21 August 2017

पेरिस टावर

पेरिसको टावर झैं चुलिरह्यो रहर
लोडसेडिङ मुक्त राख्छु त्यो मनको शहर।

मायालुको नाम राखी बनाउँछु धरहरा
हाम्रो प्रेम बाह्रै मास हुने गरी हराभरा
कमी हुन्न पिरतीमा हुन्छ सदा-बहार
लोडसेडिङ मुक्त राख्छु त्यो मनको शहर।

निर्माण गर्छु तिम्रो लागि मायाको दरबार
राजारानी भई हामी गरौंला नि घरबार
रंगीन होस हमेसा प्रत्येक ती प्रहर
लोडसेडिङ मुक्त राख्छु त्यो मनको शहर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...