Friday, 25 August 2017

औंसी जस्तो

औंसी जस्तो जिन्दगीमा जून बनी आयौ
संगै हाँस्न अनि संगै~~रुन भनी आयौ।

शानदार बनिदियो तिम्रो आगमन
चाहना ती चुलिगए मेरा झन-झन
मेरो फोक्सो मेरै मुटु हुन भनी आयौ
संगै हाँस्न अनि संगै रुन भनी आयौ।

तिमी बिना धरतीमा बाँच्न ब्यर्थ लाग्छ
तिमी आयौ र त अब बाँच्ने अर्थ लाग्छ
चोखो पिरतीले मन छुन भनी आयौ
संगै हाँस्न अनि संगै रुन भनी आयौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...