मन भित्र पसेको छ बिछोडको भंगालो
याद आउँछ अझैपनि मायाको अंगालो।
सिंचाइको कमी भयो मायाको खेतीमा
हाम्फाल्न नि सकिएन मर्नलाई सेतीमा
अंध्यारोमा पारी गई निभाएर दियालो
याद आउँछ अझैपनि मायाको अंगालो।
निष्ठुरीले छोडे पछि पिउन जानेको छु
चोटै चोट बोकेर नि जिउन जानेको छु
हेरी चित्त बुझाउँदैछु स्मृतिको संगालो
याद आउँछ अझै पनि मायाको अंगालो।
No comments:
Post a Comment