Tuesday, 22 August 2017

बिछोडको ताल

बिछोडको ताल फुटी मनभित्र बाढी पस्यो
सजाएको स्वप्न सबै त्यही बाढीभित्र फस्यो
सबै डुब्यो सम्झनाको अवशेष मात्र बस्यो।

शिशाको महल जस्तै रहेछ हाम्रो प्रेम पनि
समयले पत्थर हान्यो,फुट्यो टुक्राटुक्रा बनी
हाँसो संगै लाको माया पासो भइ गला कस्यो
सबै डुब्यो सम्झनाको अवशेष मात्र बस्यो।

पिरतीको चन्द्रमामा खग्रास ग्रहण लाग्यो
अँध्यारोले जितेपछि उज्यालोले हार्नुपर्यो
गरिबी र बाध्यताले तीखो छुरा बनी धस्यो
सबै डुब्यो सम्झनाको अवशेष मात्र बस्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...