Thursday, 31 August 2017

सुन्दरी प्रतियोगिता

ग्राहक पसलमा गएर
इच्छ्याएको सामान
खरिद गर्नु पूर्व
सामानलाई
अवलोकन गर्छ
नियाल्छ
अध्ययन गर्छ
ओल्टाउँछ
पल्टाउँछ
घरी तल हेर्छ
घरी माथि हेर्छ
हातले सुम्सुम्याउँछ
मानौं उसले कहिल्यै देखेको छैन
पहिलोपटक देख्दैछ
आकार हेर्छ
प्रकार हेर्छ
बनेको देश हेर्छ
रंग हेर्छ
रुप हेर्छ
अन्तमा लगाएर हेर्छ
अनुकुल लाग्यो भने
आकार मिल्यो भने
मन पर्यो भने
त्यही सामान किन्छ
नत्र अर्को निकाल भन्छ
फेरि उस्तै पाराले जाँच्छ
धेरै वटा सामान हेरेपछि
बल्ल एउटा छान्छ
जसरी प्रतियोगिता बाट
सुन्दरी छानिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...