Sunday, 20 August 2017

रोएको बेला नेपाल आमा

रोएको बेला नेपाल आमा कसरी हाँसु म
डुबेको बेला नेपाली भूमी कसरी नाचुँ म
चिरेको बेला आमाको मुटु भुकम्प आएर
कसरी बसुँ गुलियो मीठो पोसिलो खाएर।

जन र धन गर्यो नि क्षति बाढीले बस्तीमा
हराउने बेला अहिले हैन मोज र मस्तीमा
इन्तु न चिन्तु भैसके कति सास्ती नै पाएर
सक्दिन रम्न यतिनै बेला पिरती लाएर।

पीडित लाई मद्धत गरौं लाएर मलम
काँधमा काँध गरेर लागौं खाएर कसम
बनाऔं अब समृद्ध देश मनैले चाहेर
सन्देश दिन्छु संसार भरी यो गीत गाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...