यौवनको वसन्तमा जवानीको फूल फुल्यो
मन भमरा बनेर ~त्यही फूल माथि डुल्यो।
समयमा फूल फुल्नु प्रकृतिको नियमनै हो
भमराले रस चुस्नु ~प्रकृतिको नियमनै हो
चमेलीको सुवासले बन्द नाक पनि खुल्यो
मन भमरा बनेर ~त्यही फूल माथि डुल्यो।
गुलाबमा पानी हाल्ने माली पनि चाहिन्न र
रंगीचंगी बैँश देख्दा कसको मन पग्लिन्न र
झिलिमिली बगैंचामा कल्पना र इच्छा भुल्यो
मन भमरा बनेर ~त्यही फूल माथि डुल्यो।
No comments:
Post a Comment