सरक्क सर्काउँछन्
मरक्क मर्काउँछन्
फरक्क फर्काउँछन्
के देखाउन खोजेका हुन्?
कला कि चर्तिकला?
तनक्क तन्काउँछन्
सनक्क सन्काउँछन्
घ्यार्र घन्काउँछन्
के सुनाउन खोजेका हुन्?
गला कि हल्ला?
छोटा-छोटा लाएका छन्
वाह-वाही पाएका छन्
मन-मस्तिष्कमा छाएका छन्
भुकम्प ल्याएका छन्
के गर्न खोजेका हुन्?
इज्जत फाल्न या चर्चा कमाउन?
सिम्पल भएर नहुने
सेक्सी नै चाहिने
भल्गर नै चाहिने
र्याल काढेका छन्
वान्स मोर भनेका छन्
के हेर्न खोजेका हुन्
खुबी या जवानी?
No comments:
Post a Comment