Monday, 28 August 2017

बादलुको थुप्रो

बादलुको थुप्रो भित्र मायालुको छवि
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

पवनको स्पर्शमा भेट्छु उनीलाई
श्रावनको बर्षातमा देख्छु उनीलाई
प्रियसीको माया जस्तै उदाएको रवि
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

कोइलीको कुहुकुहु उन्कै स्वर जस्तो
भूगोलले दूर तर वर~पर जस्तो
पाउन पनि बेर छैन पागल पदवी
कल्पनामा डुब्दाडुब्दै हुन्छु क्यारे कवि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...