Tuesday, 8 August 2017

जीवनको कथा

दु:खद चलचित्र भयो,मेरो जीवनको कथा
अति नै बिचित्र भयो,मेरो जीवनको कथा।

सजिलै आयो सजिलै गयो चाहेको मायालु
एका देशको कथा नै भयो चाहेको मायालु
फाटिएको चित्र भयो,मेरो जीवनको कथा
अति नै बिचित्र भयो,मेरो जीवनको कथा।

रुने ठाउँ त प्रशस्त नै छन्,हाँस्ने ठाउँ छैन
नसम्झीकन मायालु लाई,बाँच्ने गाउँ छैन
आफ्नै मन भित्र रह्यो,मेरो जीवनको कथा
अति नै बिचित्र भयो,मेरो जीवनको कथा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...