Wednesday, 30 August 2017

यादको भूमरी

यादको भूमरिमा फसिसकेछु
स्वप्नको छाँगाबाट खसिसकेछु
दुखाइ बिछोडको सोध मलाई
मैले त सबै ब्यथा भोगिसकेछु।

शितल पवन यो जब बहन्छ
मुटुमा घाउ फेरि बल्झिरहन्छ
भत्भती पोल्छ मन आगोले जस्तो
जिन्दगी पाएकोछु यो मैले कस्तो।

गरेछु गल्ती मैले माया लाएर
रहनु पर्यो आज धोका पाएर
सर्वस्व लुटी गयो,भएँ म खाली
मायामा फस्नुभन्दा हुनु सन्यासी।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...