Saturday, 19 August 2017

मेरो दिलमा

तिमी भनिरहन्छौ-तिमीलाई पाल्छु
तिम्ले पाल्नु पर्दैन,आफैंले सम्हाल्छु।

मेरो दिलमा डेरा सर्ने भन्छौ तिमी
साहुजी परें म,घोक्र्याएर निकाल्छु।

नौनी हैन हजुर,पत्थरको मुटु हो
न त तिमी पगाल्छौ,न म नै पगाल्छु।

पाँच रुपैयाँ दिँदा भिखारीले भन्यो
चाहिंदैन जाबो,आछी पुछेर फाल्छु।

कदापि हुने छैन संग्राम तिम्रो दास
केही सीप नलागे म बालुवा चाल्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...