भाग-१६
नयाँ दिल्लीको हाइकोर्ट।बहसका लागि मेरो पक्ष र विपक्षी अर्थात सरकारी वकिलहरु सुझबुझका साथ फाइल लिएर बहसको लागि तम्तयार।न्यायाधीशले गम्भीरतापूर्वक बहस गर्न अनुमति दियो।म कठघरामा उभिएँ।कोठीका मालिकनी र केही साक्षीहरु पनि आफ्ना बयान दिनलाई कठघरामा उभिएका थिए।बहस सुन्नलाई अन्य सर्वसाधारण पनि खचाखच उपस्थित भएका थिए।सर्वप्रथम सरकारी वकिलले बहस शुरु गर्यो।
"योर अनर!सबसे पहेले मै दोषीको कुछ सवाल पुछरहा हुँ।आपका नाम क्या है?कहाँ से आया?क्यु आया?और क्या हुआ था?"
सवालपछि भाषा अनुवादकले सवालहरु उल्था गरिदियो।
"मेरो नाम डोल्मा हो।नेपालबाट आएकी हुँ।मेरो श्रीमानसंग आएकी थिएँ।उसले मलाई धोका दिएर कोठीमा बेच्यो।मैले मालिकनीलाई कति आग्रह गरें तर जान दिइएन।मेरो ईच्छा बिपरित त्यो मान्छेले जबर्जस्ती गर्न खोज्यो।जवाफमा मैले आफ्नो ज्यान र इज्जत बचाउन चक्कु प्रहार गरेकी हुँ।"
"ए लड्की झूट बोल रहा है योर अनर।ए एक बेश्या है।इसका धन्दा मर्दोंकी प्यास बुझाना है।इसको कोही नही बेचा था।खुद धन्दा करनेके लिए आया था।इसने नियोजित तरीकासे जानबुझकर उसका हत्या किया था।तो डोल्मा!आप बताइए कि हातमे चाकु कहाँ से आया?धन्दा करने वाला बेडमे कैसे चाकु पहुँचा?"
"मैले नाइँ भन्दाभन्दै उसले जबर्जस्ती गर्न खोज्यो।यताउता हतियार खोजें।सिरानीमुनि पहिले नै चक्कु राखिएको थियो।कहाँबाट आयो मलाई थाहा छैन।मैले आफ्नो इज्जत बचाउन चक्कुले प्रहार गर्दा दुर्भाग्यबश मरेको हो।उसलाई मार्ने मेरो कुनै योजना र अभिलाषा थिएन।म बेश्या हैन।मेरो श्रीमान भनौंदासंग बाहेक अरुसंग शारीरिक सम्पर्क गरेकी छैन।"
"नही नही आपका मक्सद हत्या करना ही था।आपने दो बाउन्सरको भी चाकु मार्ने की कोसिस किया।मै ओ दोनोको पुछ्न चाहता हुँ।क्या हुआ था?"
"उनोने किसीको मारके बाहर भाग रही थी।हमने रोका तो चाकु मारा।लेकिन हमलोग बचगया।"
"तो आप बताइये।क्या हुआ था?"
उसले कोठीकी मालिकनीलाई सोध्यो।
"ए लड्की खुद आया था काम देदो बोलके।मैने बोला-यहाँ कोइ काम नही।फिर बोला कि किसी भी हालतमे काम चाहिये।जो भी काम करलुंगी।इसलिये इसको काम देदिया।और यिनोने उस आदमीको मार डाला।"
उनको बयानपछि वकिल फेरि बोल्यो-
"योर अनर!सब गवाओंके बयान मुताबिक ए प्रमाणित होता है कि-घटनामे डोल्मा दोषी और जिम्मेवार है।"
सरकारी वकिलको बहस सकियो।अब पालो आयो-मेरो वकिलको।
"योर अनर!कोइ भी औरतोंको ए अधिकार है कि ओ लोग सेक्सको मनाह कर सकता है।मनाहा करनेके बाबजुद भी कोइ मर्द जिद करता है तो ओ सरासर बलात्कार हो जाता है।औरतोंको बलात्कार करनेका हक किसीका नही।कोइ भी औरत अपना इज्जत बचानेके लिये किसीका खुन भी कर सकता है।अगर डोल्माका इरादा खुन करना ही था तो ओ दो बाउन्सरोंको क्यु नही मारा?क्यु चोट नही पहुँचाया?भाग्नेका मक्सद होता है कि ज्यान बचाना।कोठीमे उनका ज्यान सुरक्षित नही था,इसी लिये ओ भाग लिया।मै एक ऐसा गवाको बोलाना चाहता हुँ।ए है कोठीका एक कामदार।धन्दावाली बोलते है समाज।तो बोलो क्या हुआ था।आपने क्या देखा?"
"घटनाके एक दिन पहेले एक आदमी और एक औरत कोठीमे साथमे आया था।उसने औरतको एक लाख रुपैयाँमे बेचके चला गया।खुद मेरा आँखोसे देखा।ओ औरत दुसरा कोइ नही-डोल्मा है।इसका कोइ कसुर नही था।इसको तो बादमे पता चला कि उसका पतिने बेच दिया था।बहुत रोया।माल्किनको भी आग्रह किया कोठीसे मुक्त करनेके लिये।लेकिन माल्किनने मनाहा किया।इसकी साथ बहुत अन्याय हुआ है योर अनर!ये निर्दोष है।अपना इज्जत बचानेके लिये उसको मारडाला।"
यो बयान दिने आईमाई अरु कोही नभएर त्यही नेपाली दिदी थिइन्।उनको बयानले न्यायाधीश खुब प्रभावित भयो।
"तमाम गवाओंके बयान और सबुतोंको मध्यनजर राख्ते हुये ए अदालत डोल्माको दोषी मानता है।लेकिन सिर्फ एक सालका जेल सजा देता है।"
मृत्युदण्ड हुनपनि सक्थ्यो तर भएन।एक बर्षको जेल कैद खासै ठूलो सजाय थिएन।त्यो नै मेरो महान बिजय थियो।ठूलै सफलता र उपलब्धि हासिल गरें।एक बर्ष त के दशौं बर्ष जेलमा सडेर बस्नुपरेको भएपनि स्वीकार्य हुने थियो।मान्छेको ज्यान लिनुपरेकोले दु:खी पनि थिएँ।सायद उसैलाई थाहा थिएन होला ज्यान जान्छ भनेर।उ त यौन प्यास मेट्न आएको थियो तर ज्यानै मेटियो।उसको सट्टामा अरु मेरोमा आएको भए उसको ज्यान जाने थियो।एकजनाको जसरी पनि बलि चढ्नैपर्थ्यो।नत्र मैले कसरी उम्किने?त्यो जीत मेरो मात्र जीत थिएन।शोषित-पीडित आम नेपाली चेलीहरुको जीत थियो।उनीहरूको प्रतिनिधित्व मैले गरेकी थिएँ।मैले जितेको खबर बिश्वमै सनसनी रुपमा फैलियो।चारैतिरबाट बधाइ तथा शुभकामना ओइरिए।
अन्ततः म एक बर्षको लागि भारतको जेलमा परें।मलाई कुनै पछुतो र हीनताबोध थिएन।मेरो जीतको उत्सव मनाउन अरु कोही सामेल थिएनन्।कसैसँग उत्सव मनाउनु पनि त थिएन।जसलाई मैले आफू भन्दा बढी माया गरेकी थिएँ,उसैले मलाई बेचेर गैसकेको थियो।कसैसँग प्रेम गर्नु पनि थिएन मलाई।जेलमै बस्नुपरे तापनि त्यहाँ कुनै हेपाह प्रवृत्ति भएन।कुनै तनाब थिएन।यातना दिइएन।एक हिसाबले कोही भने मदेखि डराउँथे।मेरो बारेमा बुझ्नेहरुले मलाई एउटी साहसी नारीको उपमा दिए।जेलमै मैले पत्रिका मिलाउने काम पाएँ।राम्रै तलब पाएँ।जेल अवधिसम्म मलाई मेरै देशको माटोको याद आयो।लेकबेशी,खोलानाला,वनजंगल,हिमाल,पहाड,गाउँघर र बाबा-आमाको याद आइरह्यो।मेरो तन जेलमा कैद थियो तर मन निर्बाध र निस्फिक्री स्वदेशमै घुमिरहेको हुन्थ्यो।मलाई एउटै कुराको चिन्ता थियो-कसरी लाहुरेसंग बदला लिने।वास्तवमा लाहुरे माफीको लायक थिएन।मृत्युदण्ड दिनुपर्थ्यो त लाहुरे जस्तो मानवीय मुखुण्डो लाएका दानवलाई।जीवनमा थोरै समयावधिमा धेरै उथलपुथल आइसकेका थिए।प्रेम,विवाह,यौन,हत्याहिंसा र सजाय जस्ता प्रायः सबै कुराहरुको अनुभव लिइसकेकी थिएँ।मलाई अब केनै गर्नु थियो र?फेरि प्रेम गर्नु थिएन।विवाह गर्नु थिएन।एउटा सफल,सार्थक र शान्तिपूर्ण जीवन जिउनु मात्र थियो।त्यसको लागि मैले धेरै सोचबिचार गरें।अध्ययन र अनुसन्धान गरें।कसरी जीवनमा सुखी र खुशी हुन सकिन्छ भनेर गहिरो चिन्तन र मनन गरें।मेरो इमान्दारिता,कर्तव्यनिष्ठता र चरित्र जस्ता कुराहरुको मध्यनजर राखेर भारत स्वतन्त्र दिवसको अवसरमा ६ महिनामै जेलमुक्त गरियो।म स्वतन्त्र भएँ।अब मैले सधैंको लागि स्वतन्त्र जीवन जिउने दृड संकल्प गरें।मलाई यथाशीघ्र स्वदेश आउनु थियो र आएँ।हो मैले हारेर पनि जितेर आएँ।फर्किँदा बसमा नआएर सिधै हवाइजहाजमा फर्कें।नेपाली धर्तीमा पाइला टेकेको क्षण म भावविभोर भएँ।हर्षको अश्रु झर्यो।हवाइजहाजबाट बाहिर निस्किने बित्तिक्कै नेपाली माटोको टीका लगाएँ।बिजयको टीका लगाएँ।नेपाल आमाको आशीर्वाद पाएँ।जीवनमा सबैभन्दा अविस्मरणीय र महत्वपूर्ण क्षण भनेको त्यही थियो,हो र रहनेछ।
काठमाडौंमा अवतरण भएको भोलिपल्टै म आफ्नो गाउँ गएँ।मनमा मीठो उमंग,जोश र चाहना बोकेर।शकुसल बाँचेर आउँदा म कति खुशी थिएँ-त्यो मलाई मात्र थाहा छ।यमराज लाई समेत झुक्याएर फर्केको थिएँ।धेरै दिनसम्म मेरो अत्तोपत्तो नहुँदा बाबा-आमा,इष्टमित्र,छरछिमेकी र आफन्तहरु पीरले आकुलव्याकुल हुनुभएको रहेछ।एक्कासी मेरो आगमनले सबै आल्हादित भए।झन मेरो दु:ख,पीडा,धोका र जीतको कथा सुनेर सबैले स्याबासी दिए।धाप मारे।साहसी र हिम्मतवालीको संज्ञा दिए।कहिल्यै नदिएको माया दिए।बाबा-आमाको व्यवहारमा पनि अनौठो खालको परिवर्तन आयो।गाउँभरी मेरै चर्चा-परिचर्चा भए।छोरी होस त यस्तो होस भनेर गुणगान गाए।
"तिमी कुनै छोरा मान्छे भन्दा कम छैनौ।बरु छोरा मान्छेहरु कुलतमा फसेर,दुर्व्यसनीको सिकार भएर बर्बाद हुन्छन्,भएका छन्।कुपुत्र जन्मिनु भन्दा त तिमी जस्तो पुत्री जन्मिनु लाखौं गुणा बेश।"
धेरै यस्तै-यस्तै भावहरु प्रकट गरे।मेरो इज्ज्तत र सम्मानको उचाइ ह्वात्तै बढ्यो।एकाएक सफलताको सगरमाथामा चढे झैं लाग्यो।एउटी छोरीमान्छेको लागि त्यतिको चर्चा र इज्जत कमाउनु नै ठूलो कुरा थियो।तर इज्जत कमाएर मात्र म सन्तुष्ट हुन सकिन।कारण-मलाई पैसाको निमित्त बेच्ने निमा अर्थात लाहुरेलाई अदालतको कठघरामा उभ्याउनु थियो।सजाय दिलाउनु थियो।मलाई बेचेपछि उसले गाउँमा पाइला टेकेकै रहेनछ।टेकोस् पनि कसरी त्यस्तो दलालले।हिम्मत पनि त हुनुपर्यो नि।उसैको खोजी गर्न म पुनः काठमाडौं शहर छिरें।धेरै खोजें तर लाहुरे कहाँ थियो-कुनै अत्तोपत्तो थिएन।मैले हार मानिसकेकी थिएँ।त्यस्तो पापीलाई खोजेर समय बर्बाद भैसकेको थियोे।अझै बर्बाद गर्नु थिएन।त्यसैले मैले हत्याहिंसा,जालझेल,छलकपट र झूटको संसारबाट टाढा बस्ने निर्णय गरें।कसरी ती नकारात्मक तत्वहरुबाट दूर रहन सकिन्छ भनेर चिन्तन मनन गरें।अन्ततः मैले आफ्नो सही र सकारात्मक मार्ग चुन्न सफल भएँ।बौद्ध धर्म र दर्शनबाट प्रभावित भएर बुद्धको चेला बनें।आनी बनें।लाहुरेलाई पनि हमेसाको लागि मनबाट निष्कासन गरें।जीवनको नव अध्याय शुरु भयो।शान्ति,सत्य र सत्मार्गमा कटिबद्ध भएँ।तर अफसोच तिमीले मेरो मार्ग परिवर्तन गर्यौ।अनि मेरो मार्ग परिवर्तन हुनुमा यो राज्य र प्रशासनको पनि ठूलो हात छ।म निर्दोष थिएँ।ब्यर्थै जेलको सजाय भोग्नुपर्यो।मानसिक सन्तुलन गुमाउनुपर्यो।र आज तिम्रो कारण यहाँ छु।तिम्रो घरमा छु।तिम्रो प्रेममा छु।मैले त सबै सुनाएँ।अब के गर्छौ त्यो तिम्रै जिम्मा।
आफ्नो अतीतको यथार्थ कथा-ब्यथा सुनाएर आनी डोल्माले लामो सास फेरिन्।त्यसपछि केही बोलिनन्।किशोर पनि गहिरो सोचाइमा मग्न भयो।भावुक भयो।के गर्ने नगर्ने,उसले तत्काल निर्णय लिनै सकेन।सधैंको लागि डोल्मालाई आफ्नो जीवनसाथी बनाउने मीठो सपना सजाएर घरमा लिएर आएको थियोे।उ मौन भयो।स्तब्ध र निशब्द भयो।अवाक भयो।यता डोल्मा पनि मुद्धा लड्दा-लड्दै थाकिसकेकी थिइन्।तर भारत र नेपाल दुबै ठाउँमा उनले बिजय हासिल गरेकी थिइन्।अदालतको मुद्धामा त उनले हमेसा जित्दै आइन्।तर जिन्दगीको अदालतमा जित्ने हुन् या हार्ने हुन्-हेर्नै थियो।
"किशोर!किन अवाक भयौ तिमी?केही त बोल।"
"डोल्मा!तिम्रो कहानी अत्यन्तै मर्मस्पर्शी लाग्यो।तिम्रो कहानी साहसको कहानी हो।जीतको कहानी हो।अझ भनौं शोषित पीडित आम नेपाली चेलीहरुको कहानी हो।हर नारीले तिमीबाट पाठ सिक्नुपर्छ।तिमीले आफ्नो लागि मात्र लडेनौ,तमाम नारीको लागि लड्यौ।आफ्नो जीवन लाई दाउमा राखेर,खतरा मोलेर अन्याय र अत्याचार बिरुद्ध लड्यौ।आवाज बुलन्द गर्यौ।तिमी एउटी नारी मात्र हैनौ,आदर्श हौ।दर्शन हौ।डोल्मा कुनै ब्यक्ति नभई बिचार हो।म तिमीलाई अन्तर्हृदय देखि नै सल्युट गर्छु।"
"त्यो त मैले बुझें।तिमी मलाई सम्मान गर्छौ।तर मेरो सवालको जवाफ अझै पाइन मैले।मैले यो कथा सुनाउनुको उदेश्य तिमीले मेरो बारेमा सबै थाहा पाओस् भन्ने नै हो।हामी छिट्टै जीवनको नयाँ अध्याय शुरु गर्न गैरहेका छौं।पछि सम्बन्धमा दरार पैदा हुनु भन्दा अहिले नै यथार्थ कुरा थाहा पाउनु उचित होला।भन,मप्रति तिम्रो धारणा वा दृष्टिकोण के छ।के तिमी मलाई आफ्नो जीवनसाथी मान्न तयार छौ?निर्धक्क भएर सत्य-तथ्य भन।म तिम्रो भावना प्रतिकुल जान चाहन्न।"
"यस्तो के भनेकी डोल्मा तिमीले?मैले तिम्रो तन हैन मनलाई प्रेम गरेको छु।साँचो माया गरेको छु।तिम्रो अतीतसंग मलाई कुनै लेनदेन छैन।मैले त हृदयदेखि नै तिमीलाई जीवनसाथी स्वीकारिसकें।बरु तिम्रो राय के छ कुन्नि?"
"किशोर!मैले त आफूलाई तिमीलाई हस्तान्तरण गरिसकें।तिम्रै नाममा हस्ताक्षर गरिदिएँ।अब के बाँकी छ र?यो मन तिम्रै हो।यो तन पनि तिम्रै हुनेछ।"
यति भनेर दुबै जना एक-अर्काका आलिंगनमा बाँधिए।प्रेमपूर्वक सुम्सुम्याउन थाले।त्यो रात अनिंदो थियो।दुबैजना जागाराम बसेका थिए।रात ढलेर पूर्णरूपमा नभई आंशिक रुपमा बिहानीमा परिणत हुँदै थियो।भित्तामा राखिएको भित्ते घडीले बिहानको ३ बजाएको थियोे।बाहिर टहटह जून लागेर अनि सिर्र-सिर्र पवन चलेर वातावरण थप प्रेमिल,सुन्दर,कामुक र बिन्दास बन्दै थियो।बेडरुममा मधुरो प्रकाशले उनीहरुलाई उक्साउँदै थियो।प्रेमको प्यालामा जवानीको रस छचल्किंदै थियो।उनीहरुका नयन प्रेमको नशाले भरिएर मदहोसी हुँदै थिए।यौवनको नशाले लट्ठिएर उन्मत्त हुँदै थिए।आफ्ना जवानी सम्हाल्न सकिरहेका थिएनन्।होस गुमाउँदै थिए।किशोरले डोल्मालाई जुरुक्क काँधमा उठाएर बेडमाथि राख्यो।उसको अर्जुन-दृष्टि डोल्माका कामुक अंगमा थियो।उसका अतृप्त हातहरु डोल्माका पुष्ट हिमशृंखलामा दौडिन थाले।हिमालको हिउँ अत्याधिक तापले पग्लिन थाल्यो।गल्न थाल्यो।उसले आफ्नो ओठ जुम्ल्याहा हिमालमा लगेर जोड्यो र हिउँको स्वाद चाख्यो।हिमालमा भुकम्प आए झैं हलचल भयो।हेर्दाहेर्दै हेर्दै उनी अर्धनग्न भइन्।बेडरुममा सजिएका सरसामानहरु शरमले झुके।किशोरले आफ्नो पाइन्ट खोल्यो।अनि डोल्माको सुरुवाल पनि।उनीहरू एक-अर्कालाई लुट्न आतुर भए।भोग्न तम्तयार भए।हुँदाहुँदै डोल्मालाई निर्वस्त्र पारियो।उनी बेहोसीमा पुगिन्।अत्याधिक प्यासले असह्य हुन थाल्यो।
"किशोर!छिटो!छिटो!छिटो।"
किशोरको धैर्यताको बाँध पनि फुट्यो।उसले हतार-हतार भित्री वस्त्र उतारेर आफूलाई निर्वस्त्र बनायो।डोल्माको नजर किशोरको छातीमा पर्यो।त्यहाँ ड्र्यागनको ट्याटु खोपिएको थियो।खेल शुरु हुनु अगावै स्थगित भयो।डोल्माको मनस्थिति अचानक परिवर्तन भयो।उनी जुरुक्क उठेर आफ्नो कपडा लगाइन्।किशोर आश्चर्यचकित भयो।केही बोल्नै सकेन।डोल्मातिर टुलुटुलु हेरेर यौवनको भीख माग्यो।तर डोल्मा लाल-लाल बिस्फारित नयन बनाउँदै अट्टहास गर्न थालिन्।
"किन के भयो डोल्मा तिमीलाई?सञ्चै त छौ?"
"म बिल्कुल ठिक छु किशोर।"
उनी सरासर गएर टेबलमाथि फलफूल काट्न राखिएको चक्कु उठाएर चिच्याउन थालिन्।
"किशोर!तिमी को हौ?तिमी किशोर हुनै सक्दैनौ।सत्य-सत्य भन-को हौ तिमी?नत्र म कि तिमीलाई सिध्याउँछु कि म आफैंलाई!"
डोल्माको सोचाइ अचानक परिवर्तन भएको देखेर किशोर पनि बिलखबन्दमा पर्यो।उसलाई कारण पत्ता लगाउन फलामको चिउरा चपाउनु बराबर भयो।दुबैजना नग्न भएर उभिरहेका थिए।डोल्माको हातबाट धारिलो चक्कु अझै हटेको थिएन भने किशोर भयभीत भएर थरथर काम्न थाल्यो।
"डोल्मा!एक्कासी आज के भयो हाँ तिमीलाई?माया जालमा फसाएर मार्नु थियो हैन?ल मार।प्रहार गर मेरो छातीमा।म तिम्रो हातबाट मर्न पाउँदा आफूलाई भाग्यमानी ठान्नेछु।के।हेरेर बसेको डोल्मा?हान मलाई।मारिदेउ।खेल खत्तम गरिदेउ।छातीमा नहान्ने भए घाँटीमा प्रहार गर।मलाई मर्न सहज हुन्छ।रेटिदेउ घाँटी।तिमीलाई त अर्काको घाँटी रेट्ने बानी जो परिसकेको छ।"
"बढ्ता नबोल किशोर।यो भन्दा पहिले मैले आफ्नो इज्जत जोगाउन घाँटी रेटेकी थिएँ।मलाई अर्काको ज्यान लिने शौख छैन।बाध्यताले क्रूर निर्णय लिनुपरेको थियो।त्यो त तिमीले पनि बुझिहाल्यौ।"
"त्यसो भए अहिले किन चक्कु प्रहार गर्न खोज्दैछ्यौ तिमी?मेरो।के कसुर छ?के तिम्रो इच्छाबिपरित शारीरिक सम्पर्क गर्न खोजेको थिएँ र मैले?तिमी पनि त राजी थियौ।तिम्रो दिमाग त सही सलामत छ?"
"धेरै चलाखी बन्ने कोसिस नगर किशोर।तिमीले आफ्नो असली परिचय दिनैपर्छ।नत्र म तिमीलाई पनि सिध्याउँछु र आफूलाई पनि।म बुद्ध भगवानको कसम खाएर भन्दैछु।को हौ तिमी?छिटो भनिहाल।"
उनले चक्कु किशोरको घाँटीमा राख्दै धम्की दिइन्।किशोरको होसहवास उड्न लाग्यो।शरीर झन-झन लुग-लुग काम्न थाल्यो।चिट्चिट पसिना आउन थाल्यो।
"ल ल डोल्मा,म आफ्नो बारेमा भन्छु।आफ्नो अतीतको बारेमा भन्छु।तिमीले त आफ्नो अतीतको वास्तविक जीवन कथा सुनायौ।अब कथा सुनाउने पालो मेरो।मेरो आफ्नै जीवन कथा।सुन्ने पालो तिम्रो।पहिले मेरो घाँटीबाट चक्कु त हटाउ।"
"ल छिटो सुनाउ।धेरै चलाखी गर्यौ भने रेटिदिन्छु।"
किशोर हायलकायल हुँदै आफ्नो जीवन कथा शुरु गर्न थाल्यो।
डोल्मा!तिमीले मेरो अतीत सम्झिन बाध्य बनायौ।अतीतका ती हृदयबिदारक पलहरु मेरो मानसपटलमा तँछाडमछाड गरेर आउँदैछन्।म एक अभागी पुरुष हुँ।मेरो जन्म एक गरीब किसानको घरमा भारतको सिक्किममा भएको थियो।धेरै बर्ष पहिले बाबा-आमा नेपालबाट रोजगारीको शिलशिलामा त्यहाँ पुग्नुभएको रहेछ।मलाई याद हुँदा मेरो बाबा एउटा निजी कम्पनीमा सुरक्षागार्डको काम गर्नुहुन्थ्यो।आमा घरमै बसेर घरायसी काम गर्नुहुन्थ्यो।त्यतिखेर हाम्रो पारिवारिक स्थिती आर्थिक रुपले पनि मजबुत भैसकेको थियो।तर अचानक हाम्रो सुखी र खुशी परिवारमा कसको आँखा लाग्यो-थाहा भएन।दैव पनि कति पक्षपाती हुनेरहेछ।हाम्रै परिवारलाई निशाना बनाउनुपर्ने।बाबाको संगत नकारात्मक सोच र व्यवहार भएका मान्छेहरुसित हुन थाल्यो।देवता जस्तो सोझो,इमानदार र सज्जन मान्छेले बिस्तारै चुरोट,रक्सी,गाँजा,अफिम र चरेशको सेवन गर्न थाल्नुभयो।एकदिन म स्कुल गएर ठ्याक्कै घरमा पुगेको थिएँ।घरमा कपाल,दाह्री झ्याम्म पालेका ४/५ जना मान्छेहरु मेरो बाबासंग कुरा गर्दै हुनुहुन्थ्यो।
"ए दावा!के पाले काम गर्छस् है मोरा!दिनरात ढुक्यो-ढुक्यो २/३ हजार रुपियाँ कमाउछस्।तेरो जतिको तलबले त हामीलाई चुरोट खान पनि पुग्दैन।पैसा कमाउन त हामी जस्तो मान्छेसँग संगत गर्नुपर्छ,बुझिस्?के बुझ्छस् र तैंले।ए केटा हो!सम्झाइदेउ त यल्लाई।"
"हो त यार।यसले कुरा बुझ्छ तर बिस्तारै सम्झाउनुपर्छ।इ हेर दावा!यतिको पैसा जिन्दगीमा कहिल्यै देखेको छस्?छिट्टै धनी हुनेभए हामीलाई सम्झ।"
अर्को एकजनाले पनि हो मा हो थप्दै ती दुई जनाको कुरामा सहमति जनायो।अर्को एकजनाले पाँचसय र हजारका नोटहरुको बिटा पछार्दै थियो।त्यो पैसाको बिटा देखेर बाबा र्याल काढ्न थाल्नुभयो।
"हुन्छ म तिमीहरुसंग काम गर्न तयार छु।मैले पनि तिमीहरुले जस्तै पैसा कमाउन सक्छु हैन?म अहिल्यै यो पालेको काम छोड्छु।मलाई पनि छिट्टै धनी हुनुछ।"
त्यही दिनदेखि उहाँले पुरानो जागीर छोडेर पनि उनीहरुसंगै हिंड्न थाल्नुभयो।मलाई त सही र गलतको ज्ञान पटक्कै थिएन।तर त्यही दिन बाबालाई आमाले सम्झाउनु भयो।
"हजुरले त जागिर पनि छोड्नुभएछ।नराम्रो मान्छेहरुसित संगत गरेर हुन्न है हजुर।तिनीहरुले हजुरलाई पनि बिगार्नेछन्।त्यस्ता खातेहरुबाट टाढै रहनु बेश होला कि।"
"तँ नकरा।तँलाई के थाहा छ?पैसाको मूल्य र महतब थाहा छ?त्यस्तो पालेको काम गरेर जिन्दगी बर्बाद पार्नुछ र मलाई?कहिलेसम्म गरीब भएर बस्ने?तँ हेरिमात्र बस।दुईचार सालमै मालामाल भएर देखाउनेछु।"
उहाँलाई कसले सम्झाउन सकोस्?म त बच्चै थिएँ।त्यसपछि उहाँ धेरैदिनसम्म गायब हुनुहुन्थ्यो।घरमा समयमा आउनुहुन्नथ्यो।अबेर आउनुहुन्थ्यो तर नशामा चुर्लुम्म डुबेर।मध्यरातमा खाना पकाउन लाउनुहुन्थ्यो।आमालाई थर्काउनु हुन्थ्यो।नोकर्नी जतिको इज्जत पनि थिएन आमाको।आँखामा आँशुको ताल लिएर बाबाको आदेश मान्नुहुन्थ्यो।दिनदिनैको कचकच र थर्काइले आमा दुब्लाएर हाड र छालाको मात्र हुनुभएको थियो।पछि-पछि त झन शरीरमा नीलडाम बस्ने गरी कुटपिट गर्न थाल्नुभयो।अन्याय र अत्याचारको पराकाष्ठा नाघिसकेको थियो।आमालाई पिट्ने बेला म छुट्याउन जान्थें तर मलाई पनि चड्कन लाएपछि भारी पुग्थ्यो।मनमा डर र चिन्ता नभएको दिनै हुन्थेन।घरमा राशन पनि हुन्थेन।बाबा घरमा नियमित बस्नुहुन्नथ्यो।पैसा पनि छोड्नुहुन्नथ्यो।हामी आमाछोरा कति दिनरात भोकभोकै सुत्यौं-सुत्यौं।स्कुलमा फिस पनि तिर्न नसकेर मैले पढाइ बीचमै छोड्नुपर्यो।मेरो उमेर त्यस्तै १०/११ बर्षको थियो होला।घर बनाउने ठाउँमा गएर ईटा बोकेर केही पैसा लिएर जान्थें।त्यही पैसाले घरखर्च चल्थ्यो।एकदिन आमाले मेरो पटपटी फुटेको हातबाट रगत बग्दै गरेको देख्नुभयो।
"बाबु!के भयो तिम्रो हातमा?रगत बगेको छ त!भोलिदेखि कतै जानुपर्दैन।घरै बस।म जान्छु काममा।"
"हैन आमा,तपाईं कहाँ जानु?तपाईंले सक्नुहुन्न।ज्यान गए जाओस् मै जान्छु।"
मेरो कुरा सुनेर आमा भावविह्वल भएर रुनुभयो।म पनि संगै रोएँ।भोलिपल्ट देखि हामी आमाछोरा मिलेर ईटा बोकेर पैसा कमाउन थाल्यौं।तर एकदिन सोच्दै नसोचेको घटना घट्यो।रातको आठ बजेतिर आमा खाना पकाउँदै हुनुहुन्थ्यो।दिनभरीको कामले लखतरान भएर म पलाङमा आराम गरिरहेको थिएँ।बाबा टिल्ल परेर आउनुभयो।
"ए पेम्बा!ए पेम्बाकी आमा!खुरुक्क यहाँ आइजा।"
आमा र म त्राही-त्राही हुँदै नजिक गयौं।
"तिमीहरुले मेरो इज्जत फाल्यौ हैन?म यहाँको डन हुँ।यो शहरकै मालिक हुँ।डनको श्रीमती र छोराले ज्यामी काम गर्ने?लुजा!लुजा तेरो हात।तेरो खुट्टा!भोलिदेखि खुरुक्क घरमा बस्ने।नत्र मैले जानेको छु।"
बाबाले हाम्रो हात,पाखुरा र खुट्टामा लातैलातले प्रहार गर्नुभयो।
"ऐया बाबा!मरें नि।ऐया आमा!"
मेरो चीत्कार हावामा गुञ्जियो।आमा पनि सुँक्क-सुँक्क र हिक्क-हिक्क गरेर रुनुभयो।त्यो दिन त खासै दुखेको महसुस भएन।तर भोलिपल्ट हामी आमाछोरा दुबैजना थलिएर ओछ्यानमै लड्यौं।खाना पकाउन र दिशा-पिसाब गर्न समेत नसक्ने भयौं।हप्तादिनसम्म हाम्रो बिजोग भयो।ज्यान सुकेर पात भए।फेरि काममा जानसक्ने त दूरकै कुरा।बरु एकैचोटी सास टुटाएको भए टन्टैसाफ हुनेथियो।मर्नु र बाँच्नुको दोसाँधमा तड्पिरह्यौं।काल छिट्टै लिन आए हुन्थ्यो झैं लाग्यो।तर हाम्रो मर्जीले उ कहाँ आउँथ्यो र!कसलाई लिन आउने भन्ने कुरामा उसैको मनोमानी जो छ।एकदिन मैले आमासँग एउटा अनौठो अनुरोध गरें।
"आमा!यस्तो सास्ती खेपेर बस्नुभन्दा बरु हामी संगै झुन्डिएर मरौं न!"
उहाँ आश्चर्यचकित हुँदै मेरो मुख बन्द गर्नुभयो।
"धत बाबु,यस्तो कुरा पनि गर्छन्?कायरले मात्र आत्महत्या गर्छन्।तिमी यस्ता कायरहरुमध्येका हैनौ।तिम्रो रगतमा वीर पुर्खाहरुको रगत बगेको छ।तिमीले बाँच्नुपर्छ बाबु।आइन्दा मसंग यस्तो वाहियात कुरा नगर।"
मैले मुन्टो हल्लाउँदै आमाको कुरालाई मनन गरें।फेरि मैले आमालाई अर्को अनौठो प्रश्न सोधें।
"आमा!म कहिले ठूलो हुन्छु?ठूलो भएर म बाबासित बदला लिनेछु।अहिले हामीलाई निर्मम तरीकाले कुटेका छन्।एकदिन म पनि बाबालाई यसैगरी कुट्नेछु।"
उहाँले मेरो कुरा सुन्नेबित्तिकै मलाई गालामा एक चड्कन लाएर भन्नुभयो-
"तँलाई कसले सिकायो यस्तो कुरा?बाबासित बदला लिन्छु भन्ने?आफू भन्दा ठूलालाई सम्मान गर्नुपर्छ,बुझ्यौ?"
उहाँको चड्कनले मेरो गालामा दर्द भयो।तर मेरो मनमा कुनै चोट लागेन।त्यो चड्कन नभएर मेरी महान आमाको दिव्योपदेश थियो।संस्कार र शिक्षा थियो।म पुलकित हुँदै आमाको काखमा लुट्पुटिएँ।आहा!आमाको त चड्कन पनि कति शित्तल!मलम झैं।
हो,आर्थिक रुपले हाम्रो परिवार गरीब अवश्य थियो।तर म धनी थिएँ।कारण-मसंग मेरी आमा हुनुहुन्थ्यो।मैले भगवानको पूजा,आराधना गर्न छोडेर आमालाई पुज्न थालेको थिएँ।मेरी आमा देवीहरुको पनि देवी हुनुहुन्थ्यो।महादेवी हुनुहुन्थ्यो।त्यस्ती देवीको पूजा गर्न छोडेर म कहाँ मन्दिर जान सक्थें र?आमाकै माया,ममता र शक्तिकै आडमा मेरो जवानीमा पखेटा लाग्न थालेको थियोे।उहाँलाई एकछिन मात्र देखिन भने म आँतिएर हस्याङ र फस्याङ गर्दै खोज्थें।दर्शन पाएपछि मन ढुक्क र शान्त हुन्थ्यो।वास्तवमा आमाको मायामा संसार हल्लाउने तागत हुनेरहेछ।तर बिडम्बनाको कुरा-उहीँ देवी दानवरुपी बाबाको चरम यातना सहेर बाँच्न बिबश थिइन्।मेरो बाबा त्यो भस्मासुर थियो जसले देवी जस्ती आमालाई दिनप्रतिदिन भस्म बनाउँदै थियो।शिव भगवानले जसरी आफ्नो ज्यान बचाउन भस्मासुर नामक खतरनाक राक्षसबाट भाग्नुपरेको थियो,ठिक त्यसैगरी आमाले आफ्नो ज्यान बचाउनुपर्थ्यो।म बालकै थिएँ।निरीह थिएँ।बाबाले आमामाथि गरिएको अन्याय-अत्याचार मुकदर्शक भएर टुलुटुलु हेरिरहनुको बिकल्पै थिएन।आफ्नो लाचारीपन देखेर म भित्रभित्रै मर्माहत हुन्थें।आफैंलाई धिक्कार्थें-म किन ठूलो भईन?
उराठलाग्दा,कहालीलाग्दा र बिरक्तिला दिनहरु त्यसरी नै व्यतीत हुँदै थिए।काला रातहरु हाम्रो घरको रंगमञ्च लाई बढावा दिँदै फड्को मारिरहेका थिए।ती रातहरुका एक-एक मिनेट हामीलाई भारी हुँदै थिए।हाम्रो आँखाबाट आँसु नभई रगत बगिरहेको थियो।पृथ्वीलोकमा एउटा निर्दयी यमराज थियो,जो हरेक हप्ता हाम्रो घरमा आएर हामी आमाछोरालाई दण्ड दिएर जान्थ्यो।बाबा भन्ने शब्द नै मलाई तीतो लाग्थ्यो।बाबाको नाममा कलंक थियो मेरो बाबा।नर्कमा जानुपर्ने मान्छेहरुको लिस्टमा पहिलो पंक्तिमा हुनुपर्ने नाम थियो-मेरो बाबा।अरुको बाबा पक्कै पनि त्यस्ता थिएनन्।मैले देखिरहेको हुन्थें-अरुका बाबाले आफ्ना छोरालाई काखमा बोकेर हिंड्थे।ताते-ताते गर्दै हिंड्न सिकाउँथे।अनि घोडा बनेर काँधमा बोकिरहेका हुन्थे।मै मात्र थिएँ-अभागी छोरा।थुक्क मेरो जूनी!उहाँको छोरा भएर जन्म लिएकोमा मलाई ठूलो पछुतो लाग्थ्यो।तर मेरी आमाको छोरा भएर जन्मेकोमा आफूलाई संसारकै सबैभन्दा भाग्यमानी छोरा सम्झन्थें।यदि मिल्ने भए मैले उतिखेरै बाबा फेर्ने थिएँ।असल बाबालाई आफ्नो बाबा बनाउने थिएँ।तर त्यो मेरो बशमा थिएन।एकचोटी त मैले भगवानलाई प्रार्थना गर्दै भनेको थिएँ-
"हे भगवान!मेरो पापी बाबालाई छिट्टै माथि लैजाउ र मेरो लागि एउटा असल बाबा पठाइदेउ!"
तर मेरो प्रार्थना भगवानले पनि सुनेनन्।त्यसबेला देखि भगवान प्रतिको आस्था पनि टुटेको हो मेरो।
No comments:
Post a Comment