गगन बिक्रीमा छ,पातल बिक्रीमा छ
पवन बिक्रीमा छ,बादल बिक्रीमा छ।
खरिद गर्ने कोही भए सुटुक्क भन्नुस्
मेरो सपनाको ताजमहल बिक्रीमा छ।
बिकाउ छन् सबै कुराहरु संसारमा
सेलिब्रेटीको जुत्ता,चप्पल बिक्रीमा छ।
इमानको व्यापार फस्टाएन कहिल्यै
त्यसैले आज मेरो पसल बिक्रीमा छ।
No comments:
Post a Comment