Sunday, 27 August 2017

आमाको माया

आमा!
तिम्रो मायाको खेतलाई
यो समाजले
बिगाहा बाट रोपनी
रोपनी बाट आनामा
टुक्रा-टुक्रा पारेका छन्।

कतै वर्णको नाममा
कतै जातको नाममा
कतै धर्मको नाममा
कित्ताकाट गरेका छन्।

कतै भाषा
कतै संस्कृति
कतै भेषभूषाको
लक्ष्मणरेखा कोरिदिएका छन्।

कतै हिमाली
कतै पहाडी
कतै मधेसीको
भौगोलिक सिमारेखा तोकेका छन्।

हे नेपाल आमा!
किन तिम्रो मायालाई
समास गर्नुपर्नेमा
बिग्रह गरिएका हुन्?
के तिमीसंग तीनवटा मुटु छन् र?
नत्र भने एउटै मुटुलाई
किन तीन टुक्रा पारिएका?
दुख्दैन तिमीलाई?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...