Wednesday, 16 August 2017

यथार्थ

भू-माफियाहरु
सगरमाथा सम्याएर
प्लटिङ गर्न थालेका छन्।

असनका घरधनीहरु
गरिबको भेष धारण गरेर
टुँडिखेलमा पाल टाँग्दैछन्
सुकुम्बासी बस्ती बसाउन।

सयौं रोपनीका मालिकहरु
चारकोशी झाडी फाँडेर
खेती गर्न उद्धत छन्।

लाहुरेका छोराहरु
कर्णेलका नातीहरु
मुखियाका आफन्तहरु
गरिबका सूचीमा परे।

असली गरिबका छोराहरु
पुर्ख्यौली जग्गा बेचेर
अरब जाने हतियार किन्दैछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...