अभावको धमिराले सम्बन्ध नै धुजा पार्यो
चिल्लो थियो अनुहार,प्रतिक्षाले मुजा पार्यो
बरु खोला फर्किएला तर उनी फर्किएन
दिन गनी साध्य छैन,मैले कम त पर्खिएन
आशा गर्नु मात्र भयो,बसाइँ नै अन्त सार्यो
चिल्लो थियो अनुहार,प्रतिक्षाले मुजा पार्यो
बिछोडको पीडा मात्र सहनेलाई थाहा हुन्छ
छोडिजाने निर्मोही त कहाँ हुन्छ कहाँ हुन्छ
निष्ठुरीको तिरस्कारले कति चोटी मार्योमार्यो
चिल्लो थियो अनुहार,प्रतिक्षाले मुजा पार्यो
No comments:
Post a Comment