Saturday, 19 August 2017

पागल नबनाउ

गरेर परेली झिमझिम,पागल नबनाउ
ख्वाएर नयनको अफिम,पागल नबनाउ।

नजर ठोक्किनु पूर्व अन्जान थियौं हामी
भेटेर गर्यौं हिमचिम,पागल नबनाउ।

असली मुहार कस्तो छ मलाई थाहा छैन
घसेर पाउडर किरिम, पागल नबनाउ।

एम्बुस भन्दा पनि खत्रा रहेछ तिम्रो रुप
स्पर्श गरी मोलुँ जोखिम?पागल नबनाउ।

काटे काट मारे नि मार, तिम्रै जिम्मा भयो
मंसीरमा झ्याईं पार्दिम?पागल नबनाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...