उसले बिहानै आज आँखा जुधायो
जसरी त्यो पूर्व बाट लाली उदायो।
फराकिलो छातीमाथि मेरो शीर भए
माछी बरु बनुँला म,उनी झीर भए
अस्ताएको मेरो वैश फेरि उदायो
जसरी त्यो पूर्व बाट लाली उदायो।
सुस्तरी उसले मेरो घुम्टो उठाएको
सपना पो देखें मैले सिउँदो रंगाएको
यौवनको किरण त्यो म सम्म आयो
जसरी त्यो पूर्व बाट लाली उदायो।
No comments:
Post a Comment