बिरहको गीत मैले कहिले सम्म गाउने
छुट्टिएको मेरो माया कहिले फर्की आउने।
याद हरुको खात बोकी बाँच्न गाह्रो हुनेरैछ
प्रियसीको घात सही हाँस्न गाह्रो हुनेरैछ
मायालुको मुटु तिर कहिले सम्म धाउने
छुट्टिएको मेरो माया कहिले फर्की आउने।
च्वाट्टै काटी गए बरु हाँसीहाँसी मर्नेथिएँ
न त बाँस न बाँसुरी,किन भर पर्ने थिएँ
महंगो उसको माया कहिले होला पाउने
छुट्टिएको मेरो माया कहिले फर्की आउने।
No comments:
Post a Comment