दुई चार पैसा कमाउन
जाँदैछु प्यारी जागीरमा
फर्केर आई भेटौंला
लेखेको भए तक्दीरमा।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
एकै छिन नभेट्दा
तिम्रै यादले सताउने
बिरानो लाग्छ संसार
बर्ष कसरी कटाउने।
आखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
जाने मन त कहाँ थियो
बाध्यताले जाँदैछु
तिम्रो मायालाई मुटुमा
सजाएर जाँदैछु।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
बस्ने कोसिस गर्नेछु
तिम्रै फोटोमा छोएर
दिन बित्छन् होला
सम्झनामा रोएर।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
अबश्य भेट हुनेछ
बिछोड संग नहार
प्रदेश जाने बेलामा
प्यारी आँसु नझार।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
भोलिको दिन सोचेर
आँसुले आँखा रुझाउने
मनको माया टाढिदा
कसरी चित्त बुझाउने।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
केही त गर्ने मन थियो
गाउँमै मेरो बिचारमा
बिदेश जानु लेखिएछ
अभागी मेरो निधारमा।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
तिमी नआए सम्म
आँखा बिछ्याई बस्नेछु
तिमी लाई केही भएमा
छाँगा बाटै खस्नेछु।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।
बिस्वास राख बुद्धमा
चाहेको कुरा पाउनेछ
हाम्रो माया साँचो छ
भेटिने दिन आउनेछ।
आँखामा आँसु नझरोस
छुट्टिएर बस्नु नपरोस्।