Friday, 18 March 2016

दीप लिएर

उठौ युवा अध्यारोमा दीप लिएर
बेरोजगारी ती हातमा सीप लिएर।

धेरै भयो उठाएको बन्दुक हातमा
लेख्न थाल कलमको नीब लिएर।

दु:खी अनि गरीबको पहुँच नपुगी
मर्न नपरोस् घाउको पीप लिएर।

असमानताको खाडल पुर्नुछ अब
संग संगै धनी र गरीब लिएर।

मान्छे बाट किन टाढा पशु र पन्छी
नौलो संसार बनाऔं जीव लिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...