समय अनुसार म चल्न सकिन
मैले आफू लाई बदल्न सकिन।
लप्पन छप्पन गरे सफल भईन्छ
निस्ठुरीले जसरी छल्न सकिन।
सधैं बाङ्गो टिङ्गो बाटोमा हिडेर
पैसाको लागि तल ढल्न सकिन।
ताप्दैनन् कसैले निभेको त्यो आगो
दुनियाँको सामूमा बल्न सकिन।
बिसालु सर्पले झै लुकी र छिपी
दूध पिई बिस ओकल्न सकिन।
No comments:
Post a Comment