मन भई दिन्छ चन्चल माया बसे पछि
अध्यारोमै हुन्छ झल्मल माया बसे पछि।
कति धेरै आतुरी हो माया भेट्न लाई
निस्कन्छ पसिना खल्खल माया बसे पछि।
कसले बढी माया गर्ने निचोडमा पुग्न
चौतारीमा चल्छ छल्फल माया बसे पछि।
लुकीछिपी हिड्न थाल्छन् समाजबाट टाढा
सडक भन्दा प्यारो जंगल माया बसे पछि।
बाउ -आमाले छोरी लाई केर-कार गर्दा
ढाटी भन्छे जान्छु पसल माया बसे पछि।
No comments:
Post a Comment