Tuesday, 8 March 2016

उल्टो घुम्ने घडी

अब मैले उल्टो घुम्ने घडी बनाउछु
ठुला-बडा समाउने हत्कडी बनाउछु।

देश खोक्रो पार्ने लाई जेलमा हालेर
यिन्का लागि पेट भर्ने खिचडी बनाउछु।

देश-द्रोही हरु लाई सबक सिकाउन
दलालको छाती छेड्ने छडी बनाउछु।

धर्ती बिछ्याएर अनि आकाश ओढेर
सुत्न बिवस हरु लाई झुपडी बनाउछु।

केही सालमा छुटीहाल्छ ज्यानमारा पनि
हत्यारा लाई सजाय बढी बनाउछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...