चन्द्ररुपी मोरी भेट्दा धर्ती झलमल हुन्छ
छड्के हेरी आँखा मार्दा मनै अलमल हुन्छ।
मुटु भित्र भुईचालो ल्याएर खै कता गई
अनायसै जिन्दगीमा त्यसै हलचल हुन्छ।
यता खोज्छु,उता खोज्छु,कतै पनि भेटिदैन
निर्मोहीको पछि लाग्दा पानी खलखल हुन्छ।
गार्हो रैछ बिपनीमा अप्सराको माया पाउन
सपनीमा उनी संग धेरै छलफल हुन्छ।
शक्तिशाली क्यामेरा हुन् हाम्रा दुई आँखा पनि
खिचेका ती तस्वीरहरु दिल्मा हरपल हुन्छ।
No comments:
Post a Comment