याङ्जीको जोवन देखेर
यो मुटु खायो कटक्कै
मध्य त राती भैसक्यो
निद पनि आएन पटक्कै।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
दोल्खाली पासाङ भनेसी
मै पनि हुन्छु भुतुक्कै
तिमी र म चाहिँ मिलेर
भागेर जाउला सुटुक्कै।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
यो ज्यान केबल तिम्रै हो
पर है मेरो भरैमा
ऐराग सगुन लिएर
माग्नलाई आउछु घरैमा।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
सिङ्गा त पुरको लाहुरे
मलाई हेर्न आइसके
घरको बाबा आमाले
त्यतै दिन लाइसके।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
तिमी त मेरो म तिम्रो
अरुले पाउन सक्तैन
चोखो मायाको बीचमा
कोही पनि आउन सक्तैन।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
यो मेरो जिन्दागानीमा
तिमी लाई पाउने रहर
तिमी लाई पाउन नसके
पिएर मर्छु जहर।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
आफ्नो मायाको लागि
लडेर म देखाउछु
म पनि मर्दकै छोरा हु
गरेर म देखाउछु।
घुम्नलाई गाडीमा सरर
जाउ बरु काठ्मान्डु शहर।
No comments:
Post a Comment