मोरीले दिएर स्पर्श होली खेल्दा खेल्दै
दिलाई अनौठो हर्ष होली खेल्दा खेल्दै।
जसरी खेलिन्छ मिली बिना रंग,भेद
मिलेर गरौं संघर्स होली खेल्दा खेल्दै।
त्यो होलीको बहानामा मुटु चोरी लगी
निकाले यही निस्कर्स होली खेल्दा खेल्दै।
कस्ले खोज्छ परिचय,उल्लासमय क्षण
भन्दै थिई उनी नर्स होली खेल्दा खेल्दै।
होलीको यो रंग संगै चैन पखालियो
छिटो आउ अर्को बर्ष होली खेल्दा खेल्दै।
No comments:
Post a Comment