घर,खेत बेची कान्छो खाडी आएको छ
काम गर्दा पसिनाको बाढी आएको छ।
मेरो श्रीमान् अरबको लाहुरे हो साथी
हेर उपहार राम्रो साडी आएको छ।
बिदेशको सडक हेर्दा हामी सुतिएछौ
माहुरीको ताती जस्तै गाडी आएको छ।
बिदेशमा काम गर्दा सुत्न नपाउदा
यस्तो लाग्छ निद्र घरै छाडी आएको छ।
केही सीप नसिकेर बिदेशमा आउदा
बिदेशीले भन्दै छन् अनाडी आएको छ।
No comments:
Post a Comment