Thursday, 31 March 2016

मायाको सिकारी

मायाको शिकारी हु म मुटु भित्र तिर हान्छु
मायाको भिकारी हु म नपाएमा पीर मान्छु।
तर्केर नहिड अब, हातमा समाई लान्छु
यो मुटुको पिजडामा बन्दी बनाएर राख्छु।

यदि तिम्रो मुटु भए प्रतिरोध गर्न आउ
मायाको महा-युद्धमा भाग लिएर देखाउ।
धेरै बेर लडे पछि वार अनि पार हुन्छ
कि दुबैको जीत हुन्छ, कि दुबैको हार हुन्छ।

तिमी पानी हुनु प्रिय, यदि आगो भए भने
चुम्बकले खिची देउ, यदि टाढा गए भने।
नठोसी बल्दैन आगो,मायाले प्रहार गर
दुई मुटु एक पारी मायाको सागर तर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...