Saturday, 26 March 2016

काम छैन भने

दिन भरी बोर हुन्छ काम छैन भने
कोही भने चोर हुन्छ काम छैन भने।

सरकारी कर्मचारी सुखले मातेका
तैपनि कठोर हुन्छ काम छैन भने।

फटाहाको संगतले थाकी बिसाउन
प्रहरीको खोर हुन्छ काम छैन भने।

केटीले नि पत्याउदैन जोर हुन लाई
प्राय:त्यो बिजोर हुन्छ काम छैन भने।

काम गर्न लाज हुन्छ पढे लेखे पछि
हर्षले बिभोर हुन्छ काम छैन भने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...