Wednesday, 23 March 2016

नेपाल प्यारो

लेकमा फुल्ने चाप,गुराँस,सुनाखरी
नेपाल मलाइ प्यारो,राख्छु मुटु भरी।

बुद्ध जन्मेको देश,सगरमाथाको देश
शान्तिभूमी यो देश,लाग्छ मलाई बेश।
कस्तुरी,मृग,च्याङ्ग्रा,मुनाल,डाफे चरी
नेपाल मलाइ प्यारो,राख्छु मुटु भरी।

साहसी हामी नेपाली झुक्दैनौ कैल्यै नी
शत्रु देखि डराइ लुक्दैनौ कैल्यै नी।
हिमाल,पहाड,नदी हेर्छु घरी घरी
नेपाल मलाइ प्यारो,राख्छु मुटु भरी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...