दिल तोडी दिन्छौ पटक पटक किन
मायाको वार्तामा हुन्नौ लचक किन।
बेवास्ता गरेर कतिन्जेल हिन्छ्यौ
स्वीकृतिको कुनै छैन छनक किन।
मेरो माया देखि डराएर तिमी
भागिरन्छौ टाढा भई अथक किन।
पागल भए क्यारे तिम्रो जवानीमा
नाच्छौ आँखा भरी छमक छमक किन।
तिम्रो जोवन अन्तै दिए अर्कै कुरा
तिम्रो मन जित्न लाग्छ दशक किन।
No comments:
Post a Comment